News

राप्रपा प्रकरणमा हिमानीको प्रतिक्रिया : कुचाले वढार्नु पर्ने कसिंगर हावाले उडायो

राप्रपा प्रकरणमा हिमानीको प्रतिक्रिया : कुचाले वढार्नु पर्ने कसिंगर हावाले उडायो

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुर्व अध्यक्ष कमल थापा अलग भएको विषयलाई पूर्वयुवराज्ञी हिमानी शाहले कुचाले वढार्नु पर्ने कसिंगर हावाले उडाएको प्रतिक्रिया दिएका छिन् । मंगलवार सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले यस्तो वताएकी हुन्।

उनले लेखेकी छिन्–‘अन्तमा हारको पिडा सहन नसकेर अलग भए थापा काजी, बडार्नु पर्ने कसिंगर हावाले उडार लग्यो !’ थापाले आफुलाई अध्यक्षमा हराउन पुर्व राजा र सितल निवास लागेको आरोप लगाईरहेका वेला हिमानीको यस्तो प्रतिक्रिया आएको हो ।

थापाले मंगलवार पार्टी छोडेको घोषणा गरेका हुन । उनले पार्टीको आन्तरिक राजनीतिमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका थिए।

पार्टीका अध्यक्ष  लिङदेनले सुरुमा थापाको मागमा छलफल गर्नै अस्वीकार गरेका थिए। तर, शनिवार भने यस विषयमा राप्रपा अध्यक्ष लिंदेन र थापाबीच भेटेरै कुराकानी भएको वताईएको छ। लिङदेनले थापाका मागका विषयमा छिट्टै निचोड निस्कने पनि वताएका थिए । तर, थापा स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडानमा थिए।

मंगलवार थापाले पार्टीबाट अलग भएको घोषणा गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ । थापाको घोषणापछि बसेको राप्रपा पदाधिकारीको बैठकले उनलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।


 

कमल थापा हिमानी शाह

विशेष