भारतीय ब्यबस्थापनको नेपालमा यस्तो दादागिरी (श्रृंखला– १५)
मलेसियाली दुरसञ्चार सेवा प्रदायक कम्पनी एक्जियाटाको नेपाल स्थित एनसेल कार्यालयमा तनावको वातावरण श्रृजना भएको छ। एनसेले ब्यवस्थापले विगत १० महिनादेखी आन्दोननमा रहेका आफ्नै कर्मचारीलाई प्रहरी लगाएर कोर्रा वर्साउन थालेपछि अहिले तनावको अवस्था छ।
कर्मचारीहरु विगत १० महिनादेखी विभिन्न सेवा, सुविधाको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा छ। तर, यसैविचमा उनीहरुमाथि प्रहरी लगाएर दुर्ब्यवहार भएको छ। प्रहरीले कर्मचारीमाथि हातपात समेत गरेको छ।
प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, गैरकानुनी रुपमा कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाइने, अन्याय पुर्ण सरुवा बन्द गर्नुपर्ने लगायतका माग राखेर कर्मचारीहरु आन्दोलनमा छन्। १० महिनादेखी शान्तिपुर्ण आन्दोलन गर्दै आएका कर्मचारीको माग सुनुवाई गर्नु त कता हो कता उल्टै प्रहरी लगाएर दुर्ब्यवहार गरायो, एनसेलले।
कम्पनीका मानव संसाधन तथा प्रशासन प्रमुख युवराज श्रीवास्तवको योजनामा कर्मचारीमाथि दुर्व्र्यवहार गराइएको छ। कम्पनिको मुख्य गेट अगाडि धर्नामा बसेका आफनै कर्मचारी माथि श्रीवास्तवले प्रहरी लगाएर दुव्र्यवहार गरेका हुन।
सामान्यतया कर्मचारी आन्दोलनमा रहँदा त्यसलाई शान्तिपुर्ण रुपमा समाधानको प्रयास गर्ने जिम्मेवारी ब्यवस्थापनकै हो। गत कात्तिक २९ गते सर्वोच्च अदालतमा यस्तै प्रकृतिको घट्ना भयो। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै सर्वोच्चको मुल गेटमा धर्ना दियो।
प्रधानन्यायाधिश जबरा कार्यालयमा छिर्ने बाटो रोकिएपछि बैकल्पिक बाटो प्रयोग गरेर भित्र छिरे। उनले चाहान्थे भने प्रहरीले तत्कालै आन्दोलनकारीलाई तितरवितर वनाएर उनलाई भित्र छिराउन सक्थ्यो। तर, जबराले त्यसो गरेनन्, बरु आफैले अर्को बाटो खोजेर समस्याको समाधान निकाले।
यता, एनसेलका एचआर प्रमुख श्रीवास्तवले भने बैलल्पिक उपाय नखोजी कर्मचारीमाथि डण्डा वर्साए। कम्पनिमा भित्र जान सहायक गेट पनि थियो, उनी त्यो गेट प्रयोग गरेर पनि भित्र जान सक्थे। तर, उनले आफनो शक्ति प्रदर्शन गर्न र कर्मचारीलाई देखाउन मुल गेटबाटै भित्र जाने निधो गरे। त्यो पनि प्रहरीद्वारा कर्मचारिलाई हटाएर । उनको यो प्रवृतिले उनी गुण्डागर्दी शैलीमा कर्मचारीको आन्दोलन दबाउन सकिन्छ भन्ने मान्यता राखेर अघि वढेको देखिएको छ।
सो दुर्व्यवहारको एनसेल कर्मचारी ट्रेड युनियनले भर्त्सना गर्दै मानव संसाधन तथा प्रशासन प्रमुख श्रीवास्तवको कार्यकक्षमै गएर धर्ना सुरु गरेका छन् । विगतमा कम्पनीको गेटमा आफना मागसहितको ब्यानर टासेर शान्तिपृर्ण आन्दोलन गर्दै आइरहेका कर्मचारीहरुले अहिले भने कम्पनी भित्रै त्यो पनि मानव संसाधन तथा प्रशासन प्रमुख श्रीवास्तवको कार्यकक्षमै गएर धर्ना सुरु गरेका हुन ।
प्रहरी÷प्रशासन परिचालन गरी कर्मचारी माथि दुव्र्यवहार गररे कम्पनी र कर्मचारीबीच व्यवस्थापनले मुडभेडको स्थिती चाहेको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् । विगत १० महिनामा व्यवस्थापन पक्षबाट कर्मचारीका मागका सम्वन्धमा वार्ता गर्नेसम्म भएको छैन। उल्टो श्रीवास्तव आफनो शक्ति प्रर्दशन गरिरहेका छन् । शान्तिपुर्ण आन्दोलन गरिरहेका कर्मचारीहरुले कम्पनीको काम भने रोकेका थिएनन् । आन्दोलनका क्रममा पनि उनिहरुले शिफ्ट गरेर काम भने जारी राखेका थिए ।
यो पनि
एनसेलः एचआर प्रमुख श्रीवास्तवद्वारा प्रहरी लगाएर कर्मचारी माथि दुर्ब्यवहार (श्रृंखला– १४)
एक महिलाका कारण यसरी पीडित छन् एनसेलका कर्मचारी (श्रृंखला– १३)
नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)
एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)
एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)
एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)
एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)
एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)
एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)
एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)
एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)
आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)
एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)
एनसेल युवराज श्रीवास्तव