News विदेश

पेशावर : बन्दुक आक्रमणमा पादरी मारिएपछि पाकिस्तानमा किश्चियनहरूको लागि सुरक्षाको माग

पेशावर : बन्दुक आक्रमणमा पादरी मारिएपछि पाकिस्तानमा किश्चियनहरूको लागि सुरक्षाको माग

पेशावर । पाकिस्तानको पेशावरमा रहेको चर्चका सबैभन्दा वरिष्ठ पादरी आजाद मार्शलले अर्का एक पादरीमाथि भएको आक्रमणको निन्दा गर्दै पाकिस्तानी सरकारलाई इसाईहरूलाई न्याय र सुरक्षा दिन आग्रह गरेका छन्। 

ट्वीटरमा मार्शलले पाकिस्तान सरकारसँग क्रिस्चियनहरूको न्याय र सुरक्षाको माग गरेका हुन्। पाकिस्तानको उत्तरपश्चिममा रहेको पेशावरमा रहेको चर्चबाट घर फर्किंदै गर्दा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक क्रिस्चियन पादरीको हत्या गरेका छन्। अर्का एक जना घाइते भएको प्रहरी अधिकारीहरूले आइतवार उक्त समाचार आउटलेटले रिपोर्ट गरेका छन्। 

धर्मगुरुहरू मेथोडिस्ट र एङ्ग्लिकनहरू लगायत प्रोटेस्टेन्ट चर्चहरूको संघ, चर्च अफ पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षाको माग गरेका हुन्। प्रहरीले सीसीटीभी भिडियोको प्रयोग गरी आक्रमणकारीको खोजी भइरहेको जनाएको छ। 

प्रहरी अधिकारीहरुका अनुसार ७५ वर्षीय विलियम सिराजको सहरको चक्रपथमा भएको आक्रमणमा तत्कालै मृत्यु भएको थियो। गोली प्रहारको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

विशेष