प्रेम आलेले कमल थापालाई 'जोकतान्त्रिक' भनेपछि...

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका नेता प्रेम आलेले राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापालाई ‘जोकतान्त्रीक नेता’ भन्दै खिल्ली उडाएका छन् ।
मंगलवार मात्रै राप्रपाबाट अलग भएको घोषणा गरेका थापालाई सामाजिक सञ्जालमा प्रतिक्रिया दिने क्रममा उनले यसरी खिल्ली उडाएका हुन । पार्टीबाट अल भएको घोषणासहितको विज्ञप्ति ट्वीटरमा राखेर नेता थापाले ‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु’ भन्दै लेखेका थिए ।
सोही ट्वीटको जवाफ दिने क्रममा मन्त्री आलेले लेखेका छन्–‘चुनाव हारेर पार्टी छोडने व्यक्तिलाई जोकतान्त्रिक भन्छन बिचार गर्नोस है।’ मन्त्री हुनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएर नेकपा एसमा पुगेका नेता आलेले थापालाई यसरी खिल्ली उडाएपछि सामाजिक सञ्जालमा चर्चा भईरहेको छ।
तत्कालिन केपी ओली नेतृत्वको सरकामा वन तथा वातावरणमन्त्री रहेका आले ओली सरकार ढलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लागेका थिए । ओलीको हनुमानका रुपमा चिनिदै आएका उनी मन्त्री बन्नकै लागि माधवकुमार नेपालको पछाडि लागेर नेकपा एसमा पुगेको चर्चा पनि चलेको थियो।
तर, उनले त्यसको खण्डन गर्दै ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने बताएका थिए । उनले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको दावी गरेका थिए।
तर, अन्तिम समयमा उनले ओलीलाई धोका थिएका थिए।
प्रेम आले कमल थापा