News

बस दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु, सवैको सनाखत

बस दुर्घटनामा चालकसहित १५ जनाको मृत्यु, सवैको सनाखत

संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालकसहित १५ जनाको मृत्यु भईसकेको छ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ स्थित सात घुम्तीमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो। जसमध्ये १० जनाको सनाखत भएको छ ।

जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराईको पनि मृत्यु भएको छ ।

घटनास्थलमै १४ जनाको ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उनले जानकारी दिए। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।

मृतकहरू
३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
४५ वर्षिय दीपक दाहाल– मादी ५, संखुवासभा
५२ वर्षिय श्याम शेर्पा– मादी ५, संखुवासभा
५५ वर्षिय भवानी दाहाल– मादी ५, संखुवासभा
३८ वर्षीय इन्द्रबहादुर अधिकारी– मादी ६, संखुवासभा
५ वर्षिया दिक्षा कटवाल– मादी ६, संखुवासभा
३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
३८ वर्षीय आइतबहादुर तामाङ– मादी ४, संखुवासभा
३५ वर्षिया सबिता राउत कार्की– मादी ४, संखुवासभा
३० वर्षिया सीता विक– मादी ६, संखुवासभा
६० वर्षिय बलबहादुर कार्की–मादी ४, संखुवासभा
३१ वर्षीया समिक्षा योन्जन– ताप्लेजुङ
८ वर्षिय सुदीप घिसिङ– ताप्लेजुङ
३० वर्षिया युका पोखरेल– मादी ५, संखुवासभा

घाइतेहरू

३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा
२२ वर्षिय तुलसा कट्वाल– मादी ६, संखुवासभा
अम्बिका बिक–मादी ६, संखुवासभा, संखुवासभा
५० वर्षिय डम्बरबहादुर कार्की– मादी ६, संखुवासभा
 

विशेष