रुसले बाल अस्पतालमाथि गरेको हमला 'युद्ध अपराध': जेलेन्स्की
युक्रेनको बन्दरगाह सहर मारिओपोलस्थित एउटा बाल अस्पतालमा रुसले हवाई आक्रमण गर्दा प्रसूति अनि बालबालिकाहरूको उपचार गरिने वार्ड ध्वस्त भएको छ।
उक्त आक्रमणलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘‘युद्ध अपराध’’को सङ्ज्ञा दिएका छन्।
रुसले यसअघि उच्च प्रभावित शहरका सर्वसाधारण मानिसलाई छवटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो नयाँ सङ्घर्षविराम सहमति गरेको जनाइएको थियो।
संयुक्त राज्य अमेरिकाले रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्रहरू प्रयोग गर्न सक्ने दाबी गरेको छ।
आईएईएले पछिल्ला दिनमा युक्रेनको प्रमुख परमाणु उर्जा केन्द्र जापोरिज्यासँग आफ्नो टाढैबाट अनुगमन गर्न मिल्ने डेटा प्रसार प्रणालीसँग सम्पर्क टुटेको जनाएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसी हमलापछि उत्पन्न मानवीय र आर्थिक सङ्कटसँग जुझ्नका लागि युक्रेनलाई आकस्मिक आर्थिक सहायता दिने भएको छ। (बिबिसी नेपालि सेबाबाट साभार)