News

ओलीको नजरमा माधव नेपाल अपराधी

ओलीको नजरमा माधव नेपाल अपराधी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरुलाई अपाराधिको संज्ञा दिएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नेपालसहितका सांसदले राजनीतिक हिसाबले आपराधिक गतिविधि गरेको वताए । पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख अग्निप्रसाद सापकोटाले पनि गैरकानुनी काम गरेको ओलीको आरोप छ।

उनले सभामुख सापकोटा बिरुद्ध महाभियोग प्रश्ताव ल्याउने चेतावनी पनि दिए। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई निलम्बन भएको सूचना टाँस नगरेकोमा उनी विरुद्ध महाअभियोग लगाउने उनको भनाई थियो।

‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।

एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ । एमसीसी पारित गर्नुअघि नै सभामुख सापकोटाविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने आकलन गरिएको थियो । तर, सभामुख सापकोटाले एमसीसी प्रस्ताव टेबुल गर्न दिएपछि त्यो चर्चा त्यतिकै हराएको थियो । 
 

विशेष