News

महाशिवरात्रिको अवसरमा अशक्त र अपाङ्गता भएकालाई सम्मान

महाशिवरात्रिको अवसरमा अशक्त र अपाङ्गता भएकालाई सम्मान

महाशिवरात्रिको अवसरमा राष्ट्रिय एकता अभियानले अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरको छ ।्

अभियानसँग आबद्ध युवाहरुले सप्तरीको राजविराजस्थित हरिनन्देश्वर महादेब मन्दिरको प्राङ्गणमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेका हुन । 

मन्दिर परिसरमा आउने असक्तहरुलाई मनोवल उच्च पार्न सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साहले बताईन । कार्यक्रमामा केन्द्रीय उपाध्यक्ष साहले अशक्तहरुलाई समाजमा सम्मान बढाउन आफुहरुको संस्था सदैब अगाडि रहने बताईन।

उनले धार्मिक क्षेत्रमा पनि सबैको पहुँच हुनुपर्ने आवश्यक रहेको बताईन । कार्यक्रममा धर्मिक क्षेत्रसँग आवद्ध रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा व्यक्तिहरुको उपस्थिति थियो ।
 

विशेष