प्रहरी प्रशासनलाई कति सहज?

नेपाल प्रहरीका भूतपूर्व डीआईजी हेमन्त मल्ल भने नेपाल प्रहरीको सङ्ख्या कम र काम गर्नुपर्ने समय बढी रहेको गुनासो व्याप्त रहेको अवस्थामा पछिल्लो व्यवस्थाले चुनौती थप्ने बताउँछन्।

मल्लका अनुसार नेपाल प्रहरीको '४० प्रतिशतभन्दा बढी जनशक्ति १२ घण्टाभन्दा बढी काममा खटिने गरेको' एक अध्ययनले देखाएको छ।

विगतमा पनि काठमाण्डूको ठमेल क्षेत्रमा रातको समयमा व्यवसाय सञ्चालन खुला गर्ने विषय उठान गर्ने गरिएको उनी बताउँछन्।

''यदि हरेक ठाउँमा हामीले खुला गरिदिने हो भने एउटा चाहिँ समुदायमा डिस्टर्व हुने समस्या उत्पन्न हुने भयो। र फैलिएर गर्दा समस्या के हुन्छ भने प्रहरीले अपराध नियन्त्रण गर्ने कि अनुसन्धान गर्ने कि शान्ति सुरक्षा कायम गर्ने,'' मल्लले प्रश्न गरे।

निश्चित क्षेत्रमा प्रयोगका रूपमा रातभर व्यवसाय सञ्चालन गर्न दिने र त्यसमा निजी क्षेत्रले सञ्चालन गरेका सुरक्षा प्रदान गर्ने सुरक्षासम्बन्धी कम्पनीहरूलाई पनि सहभागी गराउँदा भार कम गर्न सकिने उनी बताउँछन्।

यस्तो अवस्थामा मापदण्ड स्वीकृत गर्दै गर्दा प्रहरी प्रशासनले थेग्न सक्ने स्थितिबारे ध्यान दिइएको छ त भन्ने प्रश्नमा पोखरेल भन्छन्: ''व्यवसाय सञ्चालन गर्दा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर समय निर्धारण गर्ने भन्नुको अर्थ नै त्यो त्यो ध्यानमा राखेर नै हो।'' यो सानाग्री बिबिसी नेपालीबाट साभार गरिएको हो।