अपराध सुरक्षा News

नेपाल वाचमा काम गर्ने सरकारी कर्मचारीले गरे आफ्नै साथीको फेसबुक ह्याक !

नेपाल वाचमा काम गर्ने सरकारी कर्मचारीले गरे आफ्नै साथीको फेसबुक ह्याक !

नेपाल वाच डटकममा कार्यरत एक पत्रकारको फेसवुक प्रोफाईल ह्याक गरेर ब्यक्तिगत विववरण दुरुपयोग गरिएको भन्दै केही समय अघि निकै हल्ला–खल्ला भयो। पीडित पत्रकारले प्रहरीमा साईवर क्राईमको उजुरी दिएका छन्। तर, त्यो विषय अहिले पनि अन्तिम किनारा लागेको छैन।

पत्रकारको फेसवुक ह्याक गरी ब्यक्तिगत विवरण दुरुपयोग गरेकोमा सोही अनलाईमा कार्यरत अर्का पत्रकार अर्जुन शर्मामाथि आशंका गरिएको छ। तर, कसै विरुद्ध प्रमाण नभएका कारण आफुले किटानी गर्न नसकेको पीडित पत्रकार वताउँछन् ।

आशंका गरिएका पत्रकार शर्मा भने खासमा सरकारी सञ्चार माद्यम गोरखापत्रमा कार्यरत छन्। उनी गोरखा पत्रबाटै तलब सुविधा लिए पनि नेपाल वाचमा कार्यरत छन् । उनलाई केही दिनअघिसम्म नेपाल वाच डटकममा ‘असिस्टेन्ट, शिनियर सव–इडिटर’ का रुपमा टिममै राखिएको थियो। तर, नेपाल आजले यो विषयमा सोधखोज गरेपछि उनको नाम अहिले अनलाईनबाट हटाईएको छ।

यद्यपी उनले नेपाल वाचमा काम गर्न भने नछोडेको एक कर्मचारीले जानकारी दिए । जानकारी अनुसार शर्माले अख्तियारको दुरुपयोग गर्दै अहिले पनि विहान–वेलुकाको समय नेपाल वाचलाई दिने गरेका छन् । गोरखापत्रमै रहँदा पनि उनले समय मिलाएर नेपाल वाच अपडेट गर्ने गरेको ति कर्मचारीको दावी छ।

पत्रकार शर्मा नेपाल वाचका अध्यक्ष पुष्प ढुङ्गानाका नातेदार भएको वताईएको छ। केही दिनअघि अध्यक्ष ढुङ्गानाले सम्पादक कला अनुरागीसहितको टिमलाई अपमानित गर्दै कामबाट निकालेको घट्नामा पनि शर्माले मलजल गरेको त्यहाँबाट निकालिएका कतिपय पत्रकार वताउँछन्। 

यद्यपी अध्यक्ष ढुङ्गानाले भने सम्पादक अनुरागीले काम नगरेपछि हटाईएको दावी गर्दै आएका छन् । यस्तै, नेपाल वाचको लगानीको विषय पनि शंकाको घेरामा छ। अध्यक्ष ढुङ्गानाले यो विषयलाई आफनो फाईदाका लागि उपयोग गर्ने गरेको ति पत्रकारहरुको दावी छ।

उनले आफनो अनलाईनमा उच्च सरकारी पदाधिकारीहरुको लगानी रहेको हल्ला चलाउने गरेको ति पत्रकारहरु वताउँछन् ।

(प्रतिक्रिया लिन नसकिएका कारण ति अधिकारीहरुको नाम उल्लेख गरिएको छैन। उनीहरुको प्रतिक्रियासहित अर्को सामग्री प्रकासन गर्नेछौं।’)

 

र यो पनि, 

अर्जुन शर्मा नेपाल वाच पुष्प ढुङ्गाना

विशेष