News राजनीति

मधेशका मन्त्री बावुरामसँग किन चिढिए ?

मधेशका मन्त्री बावुरामसँग किन चिढिए ?

जनता समाजवादी पार्टी संघीय परिषद्को बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मधेश प्रदेशका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् । 

अध्यक्ष भट्टराईले मधेस सरकारको उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको भन्दै आफनो प्रतिवेदनमा उल्लेख गरेपछि मन्त्रीहरु असन्तुष्ट भएका हुन । समुहगत छलफलका क्रममा मधेस प्रदेशका एक मन्त्रीले पार्टीकै शीर्ष नेताले यस्तो कुरा गर्नु दःखदायी भएको वताएका थिए । आफनै पार्टीका नेताले यस्तो भनेपछि अन्य दलका नेताहरुले के भन्लान ? भन्दै उनले प्रश्न गरेको एक नेताले वताए।

मधेस सरकारले गरेका काम र कमजोरीको विषय उल्लेख नै नगरी सन्तुष्ट नरहेको भन्नु पूर्वाग्रही टिप्पणी भएको भन्दै ती मन्त्रीले असन्तुष्टि जनाएको थिए ।

भट्टराईले संघीय संसदमा पूर्ण बहुमत रहेपछि राजनीतिक स्थायित्व दिन नसकेको,सरकारको स्थिरता र निरन्तरता पनि कायम राख्न नसकेको, मधेस सरकारले निष्ठा र प्रतिबद्धताका साथ जनमुखी कामहरू गर्ने प्रयत्न गरिरहेपछि ऐतिहासिक रूपले पछाडि पारिएको मधेसका जनताको आकांक्षा र आवश्यकताको तुलनामा सरकारका उपलब्धिहरूबाट पूर्ण रूपले सन्तुष्ट हुने अवस्था नरहेको वताएका थिए ।

भट्टराईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि सातवटा प्रदेश र उपत्यकासहित आठवटा समूह वनाएर छलफल भईरहेको छ।

अध्यक्ष भट्टराईले भूराजनीति, पार्टीको मार्गदर्शक, पार्टीको सिद्धान्त, नेकपा सरकारको असफलता, संविधान संशोधन, वर्तमान सरकार, पार्टीको एजेन्डालगायत विभिन्न १४ वटा शीर्षकमा समेटिएको २३ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


आठवटा समूहमा छलफल भइसकेपछि सो समूहका एकजना नेताले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् ।  
 

विशेष