News

प्रेस चौतारीको नेतृत्व चयनमा विवाद, हलमै नारावाजी

प्रेस चौतारीको नेतृत्व चयनमा विवाद, हलमै नारावाजी

नेतृत्व विवादका कारण प्रेस चौतारी नेपालको महाधिवेशन लम्विने भएको छ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन चौतारीमा अध्यक्षका लागि ४ जनाले दावी गरेका छन् ।

एकले अर्कोलाई नस्विकार्ने अवस्थाका कारण सर्वसम्मत नेतृत्व चयन गर्ने विषय विवादित वनेको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे र टीका बिष्टले दाबी गरेका छन् ।

अन्य पदाधिकारीमा पनि हालसम्म सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन। जसका कारण शनिबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र अवेर गरी सुरु भएको थियो । खास गरी १५१ सदस्यीय कमिटी बनाउने भनिएको थियो। तर, अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि सहमतिमा नेतृत्व चयन गर्न सकस भएको एक नेताले वताए ।

अर्कोतर्फ उपत्यका प्रदेशलाई बागमती प्रदेशमा गाभ्ने विषय पनि विवादित वनेको छ। उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवको माग गरेको छ । त्यो विषयमा सहमति नवनेपछि बन्दसत्र हलमै नाराबाजी भएको एक प्रतिनिधिले वताए ।

प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रवारदेखि पोखरामा जारी छ। 

प्रेस चौतारी नेपाल

विशेष