News

घिसिङसँग कुन जनप्रतिनिधिले भने- हाम्रो राजनीति अन्त्य गर्दिनु भयो

घिसिङसँग कुन जनप्रतिनिधिले भने- हाम्रो राजनीति अन्त्य गर्दिनु भयो

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेनिङ अन्त्य हुँदा पुर्वतिरका जनप्रतिनिधिले ‘हाम्रो राजनीति नै अन्त्य गरिदिनु भयो’ भन्दै गुनासो गरेको खुलासा गरेका छन् ।

कर्णाली उत्सव ‘कुडा कर्नालीका’को तेस्रो संस्करण अन्तर्गत ‘झरो उज्यालोको खरो’ बहसमा सहभागी हुँदा उनले यस्तो खुलासा गरेका हुन । उनले यति मात्रै भनेन विद्युतका नाममा राजनीति गर्ने दिन समाप्त हुने दाबी समेत गरे।

पूर्वतिरका जनप्रतिनिधिहरूले ‘त्यो बेला तपाईंले लोडसेडिङ अन्त्य गर्नुभयो। हाम्रो राजनीति पनि अन्त्य गर्नुभयो भने’ उनले भने–‘कर्णालीमा अब झरो बाल्ने दिन अन्त्य हुन्छ। दुई वर्षभित्र कर्णाली पूरै उज्यालो हुन्छ। कर्णालीमा विद्युतको राजनीति अन्त्य हुन्छ।’

उत्सवमा घिसिङ, जुम्लाका सांसद गजेन्द्रबहादुर महत र बिउराबारी जलविद्युत् योजना जाजरकोटका अध्यक्ष निशा रानाबीच बहस भएको थियो। सो क्रममा महतले कर्णालीमा विद्युत् बाल्न अहिले पनि सिंहदरबारमा बाजा बजाउन जानुपर्ने अवस्था रहेको बताएका थिए।
 

कुलमान घिसिङ

विशेष