News

चुनावबाट भागिरहेका ओलीले कसरी गर्लान गठवन्धनको सामाना ?

चुनावबाट भागिरहेका ओलीले कसरी गर्लान गठवन्धनको सामाना ?

दुई तिहाईबाट खिईदै–खिईदै प्रमुख प्रतिपक्षीमा पुगेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफनो पार्टी गठवन्धन विरुद्ध एक्लै चुनाव लड्न तयार रहेको वताउँछन्। सत्ता गठबन्धनका दललाई स्थानीय वा जुनसुकै चुनावको परिणाम हेर्न चेतावनी समेत उनी चुनौति दिन्छन्।

‘पाँच वटा होइन जतिवटा दल मिलेर आए पनि हुन्छ’ उनी भन्छन्–‘एक्लै चुनाव लड्न र जित्न एमाले तयार छ। स्थानीय तह वा जुनसुकै चुनाव भए पनि परिणाम हेर्नुहोस्।’ तर, एमालेका पछिल्ला गतिविधि हेर्ने हो भने चै ओली चुनाव भन्ने शब्दबाटै डराउन थालेको देखिन्छ। 

गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौं महाधिवेशनदेखि नै एमालेले चुनावी प्रकृयालाई पाखा लगाउँदै आएको छ। नेकपा एमालेको महाधिवेशनले कुनै वेला नेपाली राजनीतिलाई महिनौं दिनसम्म तरंगित पाथ्र्यो। पार्टीको वैचारिक कार्यदिशा, मुद्दा र कार्यक्रमका विषयमा कार्यकर्ता तहसम्म छलफल हुन्थे। 

गाउँगाउँबाट प्रतिनिधि छनोटको निर्वाचन हुन्थ्यो। तर दशौं महाधिवेशनलाई अध्यक्ष ओलीले कम्पनीको रुपमा अघि वढाउन खोजे। सहमतिका नाममा खल्तीका नाम कागजमा सारेर संगठनको ट्याग लगाउन खोजे। ओलीले यतिसम्म गरे– भीम रावल र घनश्याम भुषालहरुले ‘हामीलाई हार्ने मौका दिईयोस’ भनेर विलौना गाउनु पर्ने अवस्था आयो।’

केही सिप नलागेपछि अन्तिम अवस्थामा चुनाव त भयो तर, समग्रमा हेर्दा चीतवनमा सम्पन्न एमाले माहाधिवेशन इतिहासकै सबैभन्दा अराजनीतिक, व्यक्तिकेन्द्रित, सन्दर्भहीन र भुत्ते देखियो। महाधिवेश हेर्दा एमालेमा आलोचनात्मक चेत सकिएको, नेताहरूको वैचारिक सामथ्र्य सकिएको र पार्टीमा सदस्यभन्दा सेवक हावी भएको देखियो। 

यति मात्रै होईन, एमाले समर्थक पत्रकारहरुको संगठन ‘प्रेस चौतारी नेपाल’ को अवस्था पनि उस्तै देखियो। फागुन २७ देखि पोखरामा सुरु भएको महाधिवेशनमा सम्पुर्ण टिम सर्वसहमतिले टुङ्ग्याउने नाममा निर्वाचन प्रक्रियालाई वन्देज गरिएको छ।

चुनावको माग गर्ने नेताहरुको आग्रह अश्वीकार गर्दै अध्यक्ष मण्डलले १९९ सदस्यीय केन्द्रीय कमिटी र तीनवटा आयोगका पदाधिकारी तथा सदस्यहरुको नामलिस्ट टाँसेर अधिवेशनको अन्त्य गरिएको छ। अध्यक्षका दाबेदार बरिष्ठ उपाध्यक्ष माधव नेपाल लगायतले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका थिए ।

आइतबार (फागुन २९) गते केन्द्रीय सदस्यहरुको नाम समेत टुंग्याएर केन्द्रीय समितिलाई पूर्णता दिइएको छ । चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिएका छन् भने उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियासन चौधरी, राजेश राई, देविका घर्ती मगर चयन भएका छन् ।

यसैगरी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी तथा कोषाध्यक्षमा इन्द्र आचार्य, विक्रम लुइटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

अनुशासन आयोगको अध्यक्षमा नवराज महतरा, लेखा आयोग अध्यक्षमा सटेन्द्र जगेबु तथा निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भए। 

प्रजातान्त्रिक पद्धतीको वकालत गर्ने पार्टीको संगठनमा भएको यस्तो गैरप्रजातान्त्रीक महाधिवेशनले संगठनमा भने पक्ष विपक्षको माहौल श्रृजना गरेको छ। संगठनका होनहार नेताहरुले तिव्र असन्तुष्टि जनाएका छन् । कतिपयले निस्कृय हुने घोषणा गरेका छन् भने कतिपयले साधारण सदस्य समेत त्याग्ने अवस्था आएको छ।

अघिल्लो सरकारमा स्वास्थ्य र कानुनमन्त्री हुँदा भानुभक्त ढकालका प्रेस सल्लाहकार रहेका माधव तिवारीले शनिवार देखि नै संगठनमा निष्क्रिय रहने घोषणा गरेका छन् भने महासचिवका दावेदार प्रकाश सिलवाल पाखा लगाईउको छन्। 

गणेश वस्नेतलाई अध्यक्षमा सर्वसम्मत गर्ने नाममा माधव नेपाल, टीका बिष्टलगायत पछि पारिएका छन् । मोहन बास्तोला, लुम्बिनीका नरेश केसीलगायतका पत्रकारले पनि अवसर नपाएपछि रुष्ट वनेका छन्। उनीहरुले सामाजिक सञ्चालमा आफना असन्तुष्टि ब्यक्त गर्ने क्रम जारी छ।

यी दुई घट्नाले नेकपा एमाले चुनाव जित्ने भन्दा पनि चुनावबाट भाग्ने बाटोमा देखिएको राजनीतिक विश्लेषकहरु वताउँछन्। आन्तरिक प्रतिस्पर्धाबाट पनि भागिरहेको एमालेले पाँच दलिय गठवन्धनलाई कसरी फेस गर्ला भन्ने प्रश्न खडा भएको उनीहरुको भनाई छ।
 

प्रेस चौतारी नेपाल

विशेष