News विदेश

शान्तिपूर्ण तिब्बती र बेइजिङविरुद्ध विद्रोह

शान्तिपूर्ण तिब्बती र बेइजिङविरुद्ध विद्रोह

बेइजिङ- सी जिनपिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट सरकारको विरुद्धमा ल्हासाको पोताला दरबार अगाडि आत्मदाह गरेका तिब्बतका २५ वर्षीय त्सेवाङ नोर्बुको हालै निधन भएको छ। चीनले ६ दशकभन्दा अघिदेखि तिब्बतीहरुमाथि गरेको दमनको विरोधमा तिब्बतीहरुले लगातार आवाज उठाइरहेका छन्। पछिल्लो समय चीनले तिब्बतमा भने दमन बढाएको छ।

तिब्बतीहरू धेरै हदसम्म शान्तिप्रिय मानिसहरू हुन्। पहिलो र दोस्रो विश्वयुद्धमा उनीहरूको तटस्थताको अडान निकै अर्थपूर्ण रहेको भन्दै विश्‍व समुदायले प्रशंसा गरेको थियो। यसबाहेक तिब्बतमा बुद्ध धर्मको बलियो घेराले पनि तिब्बतलाई युद्धबाट रोकेको बताइएको थियो। आज पनि रुसी सेनाले सार्वभौम युक्रेनको भूभागमा आक्रमण गरी युद्ध सुरु गर्दा तिब्बतीहरुले भने शान्तिको आह्वान गरेका छन्।

जब चिनियाँ जनमुक्ति सेनाले शान्तिपूर्ण तिब्बतमा आफ्नो बुट बजार्‍यो, त्यसपछि तिब्बतको शान्ति भंग हुँदै दमन र विद्रोहका स्वरहरु सुनिन थालेका हुन्। १० मार्च १९५९ को विद्रोह भनेकै तिब्बतको शान्ति भंग हुने चिनियाँ रणनीतिको विरोधको प्रारुप थियो।

 १० मार्चको विद्रोह:

 यो विद्रोह चिनियाँ सेनाको अतिक्रमण र त्यसविरुद्धको पूर्ण क्रान्ति थियो। ती दुवैले अब तानाशाही र सर्वसत्तावादका लक्षणहरू प्रदर्शन गरिरहेका थिए। जुन तिब्बतीहरूले पहिले कहिल्यै अनुभव गरेका थिएनन्। शान्तिप्रिय तिब्बतीहरूले पनि अन्य प्राणीहरूलाई चोट पुर्‍याउन निषेध गरेका भिक्षुहरू पनि आफ्नो भूमिको रक्षाका लागि विद्रोहमा होमिएका थिए। 

तिब्बतीहरू र आक्रमणकारी चिनियाँहरू बीचको पहिलेदेखि नै तनावपूर्ण अवस्थाका बीच तिब्बतमा चिनियाँ सैन्य मुख्यालयमा आयोजित सैद्धान्तिक प्रदर्शनमा परम पवित्र १४ औं दलाई लामालाई गोप्य रूपमा आमन्त्रित गरिएको थियो। पछि त्यो कुरा चिनियाँ अधिकारीहरुले थाहा पाउने भएपछि तिब्बतीहरूले नै दलाई लामालाई यो गोप्य प्रदर्शनमा उपस्थित हुनबाट रोकेका थिए।

चिनियाँहरूबाट हिंसक प्रतिक्रिया र बदला लिन र मानव जीवनलाई पूर्ण रूपमा बेवास्ता गर्दै बारुदको मुस्लोमा परिणत गरियो। राजधानी ल्हासा र पोताला दरबार वरपरका क्षेत्रमा गोलाबारी भयो। विद्रोह धेरै दिनसम्म चल्यो र धेरै ठूला घटनाक्रमहरू भए।

१४ औं दलाई लामा र धेरै तिब्बतीहरूले तिब्बत बाहिर शरण खोजे। यस विद्रोहमा चिनियाँ अधिकारीहरले धेरै तिब्बतीहरुलाई नियन्त्रणमा लिए। तिब्बतीहरूद्वारा भएका यस्तै विद्रोहहरूलाई रोक्न चीनले विभिन्‍न रणनीतिहरु अपनाइरहेको थियो। जसमा तिब्बतलाई क्षेत्रीय र सांस्कृतिक रूपमा आफ्जो जित सुनिश्‍चित गर्न बेइजिङले अवरोधका रूपमा देखेका मठहरू र धार्मिक संस्थानहरूलाई व्यापक रूपमा बन्द गर्ने र भत्काउने गरिरहेको छ।

प्रभावहरू:

विद्रोहको त्यो दिनले अझै पनि विश्वभरका तिब्बतीहरूको मन र कल्पनालाई कब्जा गर्छ र तिब्बतीहरूमा व्यापक प्रभाव पारेको छ। सम्झनाको ६० वर्ष बितिसक्दा पनि तिब्बतीहरूले बेइजिङको दबाबमा दैनिकी गुजार्नु परेको छ। कठोर अमानवीय क्रूरताविरुद्ध तिब्बतीहरूको लागि यो एउटा जुलुसको आवाज बनेको छ।

स्पष्ट डोमिनो प्रभावको पहिलो उदाहरण चिनियाँहरूप्रति स्पष्ट घृणा र वैरभाव थियो, जुन तिब्बतीहरूमाझ विशेष गरी कम्युनिष्ट पार्टीका अधिकारीहरूप्रति बढेको थियो। यसअघि तिब्बतीहरू र यसका छिमेकी चिनियाँहरूबीच मित्रताको सामान्य भावना थियो तर यो सबै आक्रमणपछि परिवर्तन भएको छ।

दोस्रो प्रभाव तिब्बत भित्र र तिब्बती डायस्पोरा दुवैबाट चीनको कम्युनिष्ट सरकारविरुद्ध विद्रोह र विरोध बारम्बार देखिन थालेको छ। सन् १९८७ को आन्दोलन, सन् १९८९ को आन्दोलन, २००८ को आन्दोलन र आज पनि जारी रहेका आत्मदहनका घटनाहरूमा कुनै फरक छैन। उनीहरुले तिब्बतलाई शान्ति राख्‍न अझै पनि चीनसँगको संघर्षलाई जारी राखेको छ।

अहिले विश्वभरका मानिसहरूले तिब्बतको वास्तविक अवस्था बुझ्‍न थालेका छन् र धेरैले वास्तविक तिब्बतको बारेमा अनुसन्धान गर्न थालेका छन्। यो सबै तिब्बतीहरूले हरेक दिन र विशेष गरी १० मार्चको तिब्बती विद्रोह दिवसमा निरन्तर उठाएको आवाजको कारणले गर्दा हो।

बेइजिङद्वारा निरन्तर दमन:

 तिब्बतीहरूले संसारलाई आफ्नो दुर्दशा साझा गर्न र ठूलो मात्रामा सहानुभूति प्राप्त गर्न सक्षम भए पनि निर्वासनमा रहेका तिब्बतीहरू तिब्बत फर्कने वा धर्म र अधिकारको स्वतन्त्रताको ग्यारेन्टी गर्ने चिनियाँहरूको कुरामा भने विश्‍वस्त छैनन्। चीनले तिब्बतमा मात्र नभएर विभिन्‍न मुलुकमा रहेका तिब्बती शरणार्थीहरुमाथि पनि निरन्तर दमन गरिरहेका छन्।

चीनले अहिले तिब्बतमात्र नभएर दक्षिण पश्चिमी प्रान्त सिन्जियाङमा पनि निरन्तर दमन गरिरहेको छ। सिन्जियाङमा रहेका उइगरहरु मुस्लिमहरुलाई नियन्त्रणमा लिने र गैरकानुनी हिरासतमा राख्‍ने, यातना दिने र जबरजस्ती श्रममा लगाउनेजस्ता गतिविधिहरु गरिरहेको छ। यसरी भइरहेको चिनियाँ दमनको चौतर्फी विरोध भए पनि चीनले पनि दमनलाई ढाकछोप गर्ने कोशिस गरिरहेको छ।

पछिल्लो समय तिब्बतमा रहेका गम्बा तथा मठहरुलाई भत्काउने, दलाई लामामो तस्बिर राख्‍न रोक लगाउने, तिब्बतीहरुलाई संगठित हुन प्रतिबन्ध लगाउनेजस्ता गतिविधिहरुलाई तीव्रता दिएको छ। यससँगै चीनले तिब्बतीहरुमाथिको निगरानी बढाउनुका साथै तिब्बतमा अनिवार्य मन्डारिन भाषा पढाउनुपर्ने कानुनसमेत बनाएको छ।

विशेष