News

उपेन्द्रको पार्टीमा मेयरलाई यस्तोसम्म अपमान

उपेन्द्रको पार्टीमा मेयरलाई यस्तोसम्म अपमान

शनिवार मात्रै नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीभित्र आफूमाथि दुर्ब्यवहार भएको खुलासा गरेका छन् ।

पटक–पटकको अपमान र सामाजिक रुपमा मानमर्दन भएपछि वाध्य भएर जसपा छोड्नु परेको उनको भनाई छ। यद्यपी कुन स्तरको अपमान भयो भन्ने विषय भने उनले खुलाएनन्। 

जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको र जिल्लाका अन्य स्थानीय तहमा पनि पार्टीलाई जिताउन आफुले महत्वपुर्ण भुमिका खेलेको वताएका उनले तर, पार्टीले आफुलाई त्यस किसिमको सम्मान दिन नसकेको वरु उल्टै अपमान गरेको गुनासो गरे।

जसपा छोड्न राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवका कारण दुई पटक रोकिएको स्मरण गर्दै उनले भने–‘म राजनीतिक पृष्ठभूमिबाट आएको मान्छे होईन। आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो त्यो गरेन।’

सरावगी शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रम मार्फत चार जना वडाअध्यक्षसहित एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। सरावगीसँगै बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष पनि एमाले प्रवेश गरेएका थिए।

विजय सरावगी

विशेष