News

दिमाग खुस्केको प्रमाणित गर्न देउवा र रावलको दोहोरी

दिमाग खुस्केको प्रमाणित गर्न देउवा र रावलको दोहोरी

एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा एमालेका नेता भीम रावलको दोहोरी सुरु भएको छ। एमसीसी प्रकृयामा सहभागि भएर पनि एमाले नेता रावल चोखो वन्न खोजेको भन्द्र प्रधानमन्त्री देउवाले छुद्र टिप्पणी गरेपछि दुई विच सवाल जवाफ सुरु भएको हो ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी अनुमोदन गर्दा त्यतिबेलाका रक्षामन्त्री रावलले किन टाउको दुखेको भन्दै प्रश्न गरेका थिए । उनले रावलको दिमाग फुस्किएको आरोप समेत लगाएका थिए ।

त्यसको जवाफ फर्काउँदै रावले केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफू उपप्रधान र रक्षामन्त्री रहेको भन्दै एमसीसी सम्झौता सदनमा ल्याएको वेला आफु मन्त्री नरहेको प्रष्ट्याएका छन् । सार्वजनिक तथ्यको जानकारी समेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै उनले टिप्पणी गरेका छन् ।

‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झूठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ’– ट्वीटरमा उनले लेखेका छन्।

‘किन रावललाई मात्र टाउको दुख्छ भन्ने प्रधानमन्त्रीको प्रश्नको जवाफमा उनले भनेका छन्– ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने सपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो ।’

रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिएका छन् ।

यो पनि
देउवाले रावललाई लाज नभएको र दिमाग खुस्केको भनेपछि...

विशेष