News

पोलिटेक्निक प्रतिष्ठान परियोजना अनुगमन समितिको वैठक सम्पन्न

पोलिटेक्निक प्रतिष्ठान परियोजना अनुगमन समितिको वैठक सम्पन्न

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न आज परियोजना अनुगमन समितिको वैठक बसेको छ। समितिको यो दोस्रो बैठक हो।

भारतको विदेश मन्त्रालय अन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमलप्रसाद पोखरेलको सह–अध्यक्षतामा वैठक सम्पन्न भएको हो ।

वैठकमा परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे समिक्षा गरिएको थियो। बैठकले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको छ। कोरोनाका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको जनाएका थिए।

बैठकमा नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग प्रति भारत सरकारलाई धन्यवाद दिएको थियो। भारत पक्षले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयास प्रति खुशी व्यक्त गरेको थियो।
 

विशेष