News

‘पीर’ गीतमा प्रचण्डको प्रतिक्रियाः जनयुद्धको एउटा पाटो मात्र हेर्नु हुँदैन

‘पीर’ गीतमा प्रचण्डको प्रतिक्रियाः जनयुद्धको एउटा पाटो मात्र हेर्नु हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताएका छन्।

कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले जनयुद्धका धेरै पाटो र आयामहरु रहेको वताउँदै प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका हुन् ।

‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्’ उनले भने–‘डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

आफुले त्यो गीत पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको उनले वताए। प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसा पनि गरे। 

विशेष