News राजनीति

देउवाले रावललाई लाज नभएको र दिमाग खुस्केको भनेपछि...

देउवाले रावललाई लाज नभएको र दिमाग खुस्केको भनेपछि...

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावललाई लाज नभएको र दिमाग खुस्केको भन्दै आलोचना गरेका छन् । रावल रक्षामन्त्री हुँदा एमालेकै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौता आफुले अनुमोदन मात्र गराएको भन्दै उनले त्यसरी आलोचना गरेका हुन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गरेको सम्झौता अगाडि वढाउँदा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको उनले बताए। नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै देउवाले रावलप्रति असन्तुष्टि पोख्दै सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।

‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ?’ उनले भने–‘एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’

रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । पारित गर्ने भनेर क्याविनेटले निर्णय गर्ने। अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’, देउवाले प्रश्न गरे।
 

विशेष