News राजनीति

ओलीको कटाक्षः नारा ‘बेटी बचाउ, बेटी पढाउ’, ब्यवहार साईकल पचाउ

ओलीको कटाक्षः नारा ‘बेटी बचाउ, बेटी पढाउ’, ब्यवहार साईकल पचाउ

मधेश प्रदेश सरकारको वहुचर्चित ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छने । अभियानअन्तर्गत सरकारले प्रदेश विभित्र जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने गरेको छ।

विद्यालयमा छात्राहरुको उपस्थिति वृद्धि गराउने उद्देश्य लिएर प्रदेश सरकारले साइकल वितरण सुरु गरेको हो। तर, एमाले अध्यक्ष ओलीले भने मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक परेको भन्दै आलोचना गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बचाउ, बेटी पढाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाए। 

‘तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला’ भन्दै ओलीले थपे– ‘नारा लगाउँदा ‘बेटी बचाउ, बेटी पढाउ’ भन्ने, व्यवहारमा साइकल पचाउ काम ।’

मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको बताएका उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रमा सिँचाइ सुविधा पुग्ने र वीरगञ्ज–काठमाडौं रेल चलाएर धार्मिक पर्यटनको विकास गर्न सकिने वताए । 
 

विशेष