News अर्थ

विमानस्थलमा चिनियाँ ऋणको पारदर्शितामाथि गृहमन्त्री नै असन्तुष्ट

विमानस्थलमा चिनियाँ ऋणको पारदर्शितामाथि गृहमन्त्री नै असन्तुष्ट

नेपालले चीनसँग पोखरा र भैरहवा विमानस्थल निर्माणका लागि चर्को ब्याजमा ऋण लिएको र त्यो ऋण समयमै चुक्ता गर्न नसके युगान्डाको विमानस्थल, श्रीलंकाको बन्दरगाह र घानाको मुख्य पोर्ट कब्जा गरे जस्तै अवस्था आउन सक्ने आशंका ब्यक्त भईरहेका वेला गृह मन्त्री बालकृष्ण खाँडले पनि यस विषयमा प्रश्न उठाएका छन् ।

चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति खाँणले प्रश्न उठाएका हुन । भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको उनले बताए ।

गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट उक्त विमानस्थलको नाम र लगानी गर्ने देशको नाम नलिने भन्दै उनले भने–‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ 

मुलुकको विकास आयोजनामा हुने लगानीबारे बहस हुनुपर्ने भन्दै गृहमन्त्री खाँणले भैरहवा र पोखरामा कम पूर्वाधारमा धेरै लगानी भएको बताए । गृहमन्त्री खाँण भने–‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर मात्रै छ। त्यसको लागत २१ अर्ब किन ?’

उनले विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान राखिनुमा अचम्म लागेको उनले बताए । पोखरा विमानस्थल ईपीसी निर्माण मोडलमा सम्झौता भएको विमानस्थल हो । 

यो पनि
एमसीसी भन्दा चीनको खतरा धेरै, यसरी गुम्न सक्छन् दुई विमानस्थल !

विमानस्थल चीनको ऋण

विशेष