News अपराध सुरक्षा

सिंह, धानुक र पन्तको नाम एआईजी वढुवामा सिफारिस, ४ मध्ये को बन्ला आईजिपी ? 

सिंह, धानुक र पन्तको नाम एआईजी वढुवामा सिफारिस, ४ मध्ये को बन्ला आईजिपी ? 

नेपाल प्रहरीका डिआईजी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तको नाम एआईजीमा बढुवाका लागि सिफारिस भएको छ। मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेपछि वढुवाका लागि सिफारिस गरिएको हो । समितिमा गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्। 

सिंह, धानुक र पन्तको नाममा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीबीच सहमती भईसकेको स्रोतको दावी छ। गृह स्रोतका अनुसार तीन जनाको सहमति अनुसार नै एआईजी बढुवा सिफारिस भएको हो। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले घनश्याम अर्याललाई एआईजी बनाउने सहमती गरेका थिए। तर, अर्थमन्त्री जनार्दन शर्मालाई लाई अगाडि सारेर प्रचण्डले असन्तुष्टि जनाएपछि धानुकको नाम पनि बढुवा सिफारिसमा समावेश गरिएको हो ।

सिंह र धानुक एआईजी विश्वराज पोख्रेलकै ब्याची हुन्। वशन्त पन्त भने आईजीपी शैलेश थापाकै ब्याची हुन्। पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकासमा जाँदैछन्। तर सिंह र धानुक भने भावी आईजीपीको दौडमा समेत पुगेका छन्। यो सिफारिस सँगै भावी आईजीपीमा विश्वराज पोख्रेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको छ। 

प्रहरी निरीक्षकमा सँगै भर्ना भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पोखरेलले इश्वर पोखरेलसँग नाता जोडेर बढुवामा अरुलाई उछिनेका थिए। एमालेकै अर्को पक्षले असन्तुष्टि जनाएपछि सहकुल थापालाई पनि वढुवा गरिएको थियो। पोख्रेलपछि सहकुल थापा वरिष्ठ हुन्। देउवा सरकारले आईजिपीमा पोखरेल र थापाको दुवैको विकल्प खोजिरहेको छ। त्यसैका लागि डिआईजीबाट वढुवा भएका एआईजी मध्येबाट आईजिपी वनाउने सरकारको तयारी छ।

सत्ता गठवन्धनका नेताहरुका बीचमा धिरजप्रताप सिंहलाई आईजिपी वनाउने सहमति वनेको चर्चा छ। 

यो पनि

चुनावको मुखैमा प्रहरी प्रमुख फेरिदैं, आईजिपीमा धिरजको चर्चा

धीरजप्रताप सिंह

विशेष