News

८ महिनाअघि अवरुद्ध भएको विद्युत अझै सञ्चालनमा आएन

८ महिनाअघि अवरुद्ध भएको विद्युत अझै सञ्चालनमा आएन

हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका तीन वटा वडामा विगत ८ महिनादेखि विद्युत अवरुद्ध छन। त्यहाँका करिव तीन हजार नागरिक अन्धकारमा वाँच्न विबस छन्।

गत साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको नहर भत्केको थियो। भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन। जसका कारण अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विजुली वलेको छैन। 

स्थानीयले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन्। नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन। उक्त विद्युतको नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ।

तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा क्षति भएपछि वडा नम्वर तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकारमा छन्।
 

विशेष