फोन सम्वादले विवादित बनेकी करिश्माको ओलीसँगै जोडिँदै नाता !

बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रबेश गरेकी सदाबाहर नायिका करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्।
पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ।
एक साताअघि पनि अभिनेत्री मानन्धरले अध्यक्ष ओलीलाई निवासमै पुगेर भेट गरेकी थिइन्। अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।
एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको उनले बताएकी छन् । भेटमा एमालेमा प्रवेश गर्नेबारे छलफल भएपनि निर्णय भने नभएको उनले जनाएकी थिईन।
मानन्धर नयाँ शक्तिमा प्रवेश गरेपछि करिव अढाइ वर्ष राजनीतिमा सक्रिय रहिन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले उनलाई सिधै केन्द्रीय सदस्य बनाएको थियो । त्यसपछि व्यक्तिगतरुपमा डा. भट्टराईसँग पनि उनको दुरी बढेको छ ।
केही समयअघि नायिका मानन्धरले आफूलाई अभिभावकले जसरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर परीक्षाको बारेमा सोधेको भन्दै एउटा स्टाटस राखेकी थिइन् । उनले आफू जस्तो सामान्य कलाकारलाई पूर्वप्रधानमन्त्री जस्तो मान्छेले फोन गरेरै परीक्षाको बारेमा चासो दिएको भन्दै उनले ओलीलाई धन्यवाद समेत दिएकी थिइन् ।
स्ट्याटससँगै करिश्माले फोनको स्कृन सर्ट समेत राखेपछि त्यो विवादित वनेको थियो।
स्कृनसर्टमा ओलीको नम्बरबाट फोन आएको नभएर गएको देखाएको भन्दै उनको आलोचना भएको थियो। ‘आउटगोइङ कल गइरहेको छ, कसरी ओलीले फोन गरे’ भन्ने आमप्रश्नमा अभिनेत्री करिश्मा मानन्धरले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेको बताएकी थिईन।
करिश्मा मानन्धर