News

पेट्रोलियम पदार्थमा दोहोरो अंकको मुल्य वृद्धि हुने संकेत

पेट्रोलियम पदार्थमा दोहोरो अंकको मुल्य वृद्धि हुने संकेत

नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थमा मुल्यवृद्धिको संकेत गरेको छ। यस पटकको मुल्य वृद्धि भने दोहोरो अंकमा हुने निगमको संकेत छ।

पछिल्लो पटक १९ फागुनमा पेट्रोलिम पदार्थको मुल्यमा समायोजन गरेपछि विभिन्न कारणले थप मुल्य वृद्धि भएको र चैत २ गते इण्डियन आयल कर्पोरेसनबाट प्राप्त सूचिमा मुल्य वढेर आएको निगमले जनाएको छ।

निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ । बढेको यो मूल्यअनुसार १५ दिनमा ५ अर्ब ३० करोड नोक्सान हुने जनाईएको छ।

यहीं मूल्यअनुसार महिनाको १० अर्ब बढी नोक्सानी पुग्ने निगमले जनाएको छ । अब पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा तथा डिजेलमा ३६ रुपैयाँ ४४ पैसा नोक्सानी हुने छ । मट्टितेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ ।

नेपाल आयल निगम

विशेष