अधर्म विरुद्ध भक्तिको विजयको रुपमा होली मनाईदै
हिरण्यकश्यपु एक शक्तिशाली राजा थिए। उनले आफूलाई सबैको भगवान ठान्थे। उनले आफ्ना सबै प्रजाहरूलाई आफ्नो आराधना गर्न बाध्य बनाए। तर उनका आफ्नै छोरा प्रह्लाद थिए, जो भगवान कृष्णका भक्त थिए। उनका बुबाले प्रह्लादलाई आफ्नै आराधना गराउन निकै प्रयास गरे, विभिन्न सजाय दिए तर प्रल्हाद कहिल्यै धार्मिक मार्गबाट विचलित भएनन् ।
अन्तिम उपायको रूपमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको प्रयोग गरी पुत्र प्रह्लादलाई आगोमा भष्म पार्न लाग्दा होलिका आँफै भष्म भएकी थिइन । तर, बिष्णु भक्त प्रल्हादलाई आगोले पनि केही गर्न सकेन। भोलिपल्ट, मानिसहरूले सानो केटाको विजयको चिन्हको रूपमा आफ्नो निधारमा होलिकाको खरानी लगाउँछन्। त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ। सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । अहिले ती खरानीको ठाउँ रङले लिएको छ ।
होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन्। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ। यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। धेरैलाई मन पर्ने रंग हो– सेतो। यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ।