News

‘महाराज’ केसब स्थापित फेरी काठमाण्डौंको ‘नगरपिता’ हुने !

‘महाराज’ केसब स्थापित फेरी काठमाण्डौंको ‘नगरपिता’ हुने !

बाग्मतीका प्रदेश सभा सदस्य, पूर्व मन्त्री एवम् काठमाण्डौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पूनः काठमाण्डौंको मेयर वन्ने चर्चा सुरु भएको छ। स्थानीय तह निर्वाचन नजिकिएसँगै उनले पनि मेयरमा रुची देखाएका छन् ।

उनी नेकपा एमालेबाट बाग्मती प्रदेशमा निर्वाचित भएका सांसद हुन । बाग्मती प्रदेशको पहिलो भौतिक पूर्वाधार तथा विकास मन्त्री पनि भएका स्थापित प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलसँग चर्काचर्की भएपछि वर्खास्त भएका हुन ।

केसब स्थापित जति गफ लडाए पनि काम गर्ने सबालमा जनताको नजरमा परेका व्यक्ति हुन । प्रेम गर्नेहरुले उनलाई ‘महाराज’ भनेर सम्वोनधन गर्छन। उनै महाराज एक पटक फेरी काठमाण्डौ महानगर पिता भन्ने तयारीमा जुटेका छन् ।

२०५१ सालमा धेरै बिबाद र तीव्र आलोचनावीच पनि स्थापितले खेलकुद परिषद्को सदस्य सचिव भएर राम्रो काम गरेर देखाएका थिए। त्यसपछि उनी ०४९ को स्थानीय निकायको चुनावमा उपमेयरमा पराजित भए। तर ०५४ मा मेयर नै जितेर देखाई दिए। मेयर हुँदा बिबाद र आलोचनाका बीचमा पनि उनले राम्रा र उदाहरण योग्य काम गरेका छन् ।

उनले हालको माइतीघर मण्डला रहेको व्यस्त बजारमा सडक अतिक्रमण गरेर बनाएको बजार नै भत्काएर रातारात आकर्षक मण्डला तयार पारेका थिए । कालिमाटी कुलेश्वर खण्ड विस्तार गरेर जनताको नजरमा बिकासप्रेमी नेताको उपमा पनि पाएका मान्छे हुन । आधुनिक काठमान्डौंमा आशा र उर्जाको प्राण भर्ने मान्छे हुन स्थापित। समग्रमा क्षमता भएका नेता मै पर्छन स्थापित, तर अस्थिरता र आफ्नो योजना र सपनाभन्दा अरुको योजना र सपनालाई कम आकने स्वभाव उनको कमजोरी हो ।

मान्छेलाई उत्साहित पार्ने, प्रेरणा भर्ने र झिलिमिली सपनाको खेति गर्ने मान्छेमा गनिन्छन स्थापित। बाबु बितेको बेला पनि सडकमा बसेर स्काभेटरसंगै कामलाई प्राथमिकता दिएको बेलादेखि केसब खासगरी चर्चामा आएका हुन। अहिले पनि उनको त्यो जोश मरिसकेको छैन।

राष्ट्रियस्तरको व्यक्तित्व भएका काठमाडौँको रैथाने नेवार हुन । उपत्यकाभन्दा बाहिर पनि सांगठनिक सञ्जाल भएका सबैले चिनेका बुझेका र जानेका खरो र स्पष्ट बक्ताको रुपमा उनको व्यक्तित्व बनेको छ । बोलीहाल्ने, सपना देखाई हाल्ने, योजना सुनाई हाल्ने, आशाबादी बन्न प्रेरित गर्ने व्यक्तिको रुपमा नेता कार्यकर्ताको वीचमा छवि निर्माण गरेका स्थापित काम नगर्ने, कुरा मात्रै गर्नेको भिडमा काम गर्ने मान्छेमा गनिन्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीकै लाईनका ब्यक्ति हुन भनेर पनि उनलाई कतिपयले चिन्ने गर्छन। 

जानकारहरुको अनुसार उनी जोखिम लिन सक्छन् तर छुद्र वोल्छन्। व्यापारिक योजना र सपनाको जाल बुन्न सिपालु छन्। उनको कुरा धेरैलाई अपत्यारिलो लागेपछि उनका योजना र सपना पत्याउँने मात्रै हो भने देशको गरिबी, असमानता र पछौटेपन सकिन धेरै कुर्नु पर्दैन ।

स्थापित ०४७ सालमा तत्कालिन एमालेको शक्तिशाली भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक महासचिव वनेर राजनीतिमा आएका हुन। युवा संघको अध्यक्ष त्यतिवेला केपी शर्मा ओली थिए । ओलीपछि उनी आफै अध्यक्ष बनेका थिए। तर, उनले राजनीतिमा खासै फड्को मार्न सकेका छैनन्। 

उनीभन्दा पछिका युवा संघ हाक्ने नेताहरु पार्टी पदाधिकारी र स्थाई कमिटिको सदस्य अनि राज्यको पावरफुल मन्त्री बनिसक्दा पनि स्थापित भने केही स्वभावजन्य कमजोरीका कारण पछि परेको कतिपयले विश्लेषण गर्ने गरेका छन् । राजा ज्ञानेन्द्रको टिके मेयर, प्रजापरिषद्को अध्यक्षदेखि माले माओवादी अनि संघीय समाजवादी पार्टीसम्म भ्रमण गर्न भ्याएका उनी यस्तै कारणले पछि परेको उनीहरुको विश्लेषण छ।
 

केशव स्थापित

विशेष