News स्वास्थ्य

‘मर्छु’ भन्दै फलामको सिक्रि र पेटीको बक्कल निलेपछि...

‘मर्छु’ भन्दै फलामको सिक्रि र पेटीको बक्कल निलेपछि...

भोजपुरमा एक युवकलाई मर्न मन लागेपछि उनले फलामको सिक्री र पेटीको बक्कल नै निलेका छन् । भोजपुर नगरपालिका–१२ का २१ वर्षीय एक युवकले आत्महत्या गर्न सिक्री र बक्कल निलेका हुन ।

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा शल्यक्रिया गरी उनले निलेको बक्कल र सिक्री निकालिएको छ।  ति युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका थिए । सिक्री उनको पेटमा थियो भने बक्कल खाना नलीमा अड्किएको अवस्थामा निकालिएको अस्पतालले जनाएको छ। उनले मर्छु भन्दै सिक्री र बक्कल निलेको पाइएको छ ।

चिकित्सकको टोलीले इण्डोस्कोपिक विधिमार्फत उनको बकल मुखबाट र सिक्री दिसा नलीबाट निकालेको थियो। उपचारपछि ती युवक घर फर्किएको अस्पतालले जनाएको छ। 
 

नोबेल मेडिकल कलेज

विशेष