News

‘नेपाल वाच’ विवादको क्लाईमेक्समा यसरी आए दिपक मनाङे ! 

‘नेपाल वाच’ विवादको क्लाईमेक्समा यसरी आए दिपक मनाङे ! 

नियमित काम गरिरहेको सम्पादकिय टिमले विद्रोह गरेपछि नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गाना विवादमा परे। नयाँ पत्रिकाको साहुको हैकम सहन नसकेर तरक्की गर्न नेपाल वाच सुरु गरेको बताउने  ढुङ्गाना माथि नै पत्रकार र कर्मचारीलाई प्रताडित गरेको आरोप लाग्यो।

यति मात्रै होईन, उनी अध्यक्ष रहेको प्रालिले सञ्चालन गरेको नेपाल वाच डटकममाथि समाचारमा बार्गेनिङ्ग गरेको, अख्तियारको दुरुपयोग गर्दै सरकारी मिडियामा काम गर्ने पत्रकारलाई टिममा सहभागि गराएको, कर्मचारीहरुलाई अपमानपुर्ण ब्यबहार गरेको, लगानीको श्रोत खुलाउन नसकेकोलगायतका आरोप लाग्ने गरेका छन् । सम्पादक कला अनुरागीसहितको जम्बो टिमले अनलाईन छोडेपछि उनको विवादित ब्यक्तित्व छताछुल्ल भयो।

खासमा विवादको जड भने ढुङ्गानाले हालका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) लाई वनाए। केहि पर्यटन ब्यबसायीलाई मोहोरा बनाएर ढुङ्गानाले नेपाल वाच सुरु गरेका थिए। सुरुवाती चरणमा सबै ठिक ठाक नै चलेको थियो। तर, केही समयपछि पुष्पले लगानीकर्ताहरुलाई पाखा लगाउने योजना वनाए। उनको वुझाईमा मन्त्री मनाङ्गे अनलाईनका सञ्चालक तथा पर्यटन ब्यवसायीका ब्यापारीक साझेदार हुन भन्ने थियो।

त्यसैले पुष्पकै योजना अनुसार नेपाल वाचमा मन्त्री मनाङेको राम कहानी लेखियो। समाचारमा मनाङेलाई गुण्डाको रुपमा प्रस्तुत गरिएको थियो भने विभिन्न ब्यक्ति र संस्थालाई धम्क्याउँदै पैसा असुलेको, हतियारका भरमा विभिन्न ठेक्का हत्याएको लगायतका आरोप लगाईएको थियो । त्यसबेला पुष्प अनलाईनका सम्पादक थिए, त्यसैले समाचार प्रकाशित भएपछि रिपोर्टरलाई स्याबासी पनि दिए। तर, उनी स्वयमले भने मोबाईल साईलेन्टमा राखेर बसे। पुष्पका अनुसार उनलाई सयौ पटक फोन आयो, तर, उनले फोन उठाएनन्। त्यो दिन मात्र होईन, उनले रातभरी नै कसैको फोन नउठाई बसे। 

फोन उठाउनुको सट्टा उनले उक्त समाचार रातभरि फेसबुकमा बुस्ट गरे।  भोलि पल्ट समाचार हटाउन पर्छ भन्ने कुरा उनलाई थाहा थियो। त्यसै रातभरी बुस्ट गरेर उनी समाचारका प्रचार वढाउने तर्फ लागे। कस्ले फोन गरेको भन्ने पनि उनले कसैलाई वताएनन् तर अनुमान गर्दा मोहोरा बनाइएका सञ्चालकहरुले नै उनलाई फोन गरेको असन्तुष्ट पत्रकारको भनाई छ ।

उनी अनलाईनका सम्पादक र मालिक पनि थिए। सबै लगानी अरुको भए पनि प्रालिमा उनको ६० प्रतिशत शेयर थियो। नेपाल वाचमा अहिले पनि एक पर्यटन ब्यबसायीको लगानी रहेको पुष्प नै बताउँछन। 

पुष्पले रातभरी फोन नउठाएपछि भोलिपल्ट नेपाल वाचको बोर्ड बैठक बस्यो। समाचारको विषयमा चर्काचर्की भयो।  समाचार हटाउन उनीमाथि चर्को दबाब पर्यो र अन्तत समाचार हटाईयो पनि। पुष्प भन्छन–‘लगानीकर्ताहरु दिपक मनाङेका व्यापारिक साझेदार हुन। त्यहि भएर चर्को दबाब आयो मलाई।’

मनाङेले घुमाउरो पारामा साझेदार मार्फत नेपाल वाचमा लगानी गरेको उनको संकेत छ। त्यसैले लगानीकर्ताको बेथितिको भण्डाफोर गर्न उक्त समाचार प्रकाशित गरिएकोमा उनी गर्व गर्छन । खासमा उनलाई नेपाल वाचमा झगडाको बिउ रोप्नु थियो र लगानीकर्ताहरुलाई साइड लगाउनु थियो। लगानीकर्ताहरु मिडियामा केहि नयाँ कुरा गरौ भन्दै उत्साहित भएर लगानी गर्न आतुर थिए।  तर झगडाको बिउ रोपिएपछि उनीहरु हतोत्साहित भए। 

पुष्पले सञ्चालकलाई थप लगानी गर्न दवाव दिदै त्यसो गर्न नसके अरु लगानिकर्ता भित्र्याउने धम्की दिन थाले। अन्ततः केही ब्यवसायीले जोखिम लिनु भन्दा नेपाल वाचबाट हात झिके। त्यति समयसम्म पुष्पले अन्य श्रोतको ब्यवस्थापन गरिसकेका थिए। अनलाईन चलिरह्यो।

यद्यपी अनलाईनले खर्चसम्म धान्न नसक्ने अवस्था कायमै थियो। मासिक खर्च करिव ७÷८ लाख आम्दामी २÷३ लाख थियो। उनले बाँकी खर्चका लागि जोगाड खोज्दै थिए। तर, अहिले भने उनी यो विषयमा वोल्न चाहाँदैनन्। उनले वोल्न नमाने पनि कला अनुरागीको टिमले बिद्रोह गरेपछि यो पाटो पनि सार्वजनिक भयो। 

स्रोतका अनुसार पुष्पले दिपक मनाङेका विषयमा समाचार लेख्दा पत्रकारसँगको झगडाले थप बिबादमा पर्ने डरले उनी चुप लागेर वस्ने र त्यसको फाईदा आफुलाई हुने सोचेका थिए । उनको अनुमान सही सावित भयो। दिपक मनाङेले समाचारका विषयमा सोधखोज गरेनन्। तर, पुष्पकै अनुसार मनाङेको समाचारका कारण केही ब्यवसायीले अनलाईन छोडे। त्यो वेला एक सञ्चालककै घरमा अनलाईनको अफिस थियो। अफिसमा न बोर्ड थियो न अनलाईनमा अफिसको ठेगाना। 

सञ्चालकको बहिर्गमनपछि त्यहाँ बसिरहन उनलाई नैतिक संकट पर्यो। त्यसैले उनले त्यो घर छोडे। अहिले कार्यालय अन्तै सारिएको छ। कार्यालयको ठेगाना परिबर्तन भएपछि पुष्पको जिवनशैली पनि  परिवर्तन भएको छ। उनले अहिले आलिसान जिवनशैली अपनाएका छन्। 

उनका सहकर्मीहरुको अनुसार नयाँ पत्रिकामा काम गर्दा पुष्प चप्पल पड्काउदै हिड्थे। दाजु–भाउजुसँग २ कोठा भाडामा लिएर रुम शेयर गरेर बस्ने गरेका थिए। तर, उनले छोटो समयमै घर÷ गाडी दुवै किनेको बताइन्छ । पुष्पको हैसियत बढेको देख्दा सुरुवाती लगानीकर्ताहरु नै आश्चर्य ब्यक्त गर्छन। त्यसपछि उनीमाथि अनलाईनमा अदृष्य लगानीको आरोप लाग्ने गरेको छ।

लगानीको विषयमा प्रश्न उठ्न थालेपछि उनले विभिन्न निकायका अधिकारीहरुको लगानी रहेको भन्दै हल्ला चलाउन थालेका छन् ।

र यो पनि, 

नेपाल वाच पुष्प ढुङ्गाना

विशेष