News

एआईजी बढुवा सिफारिसले नक्सालमा खैलाबैला, आईजिपी नै असन्तुष्ट

एआईजी बढुवा सिफारिसले नक्सालमा खैलाबैला, आईजिपी नै असन्तुष्ट

नेपाल प्रहरीको एआईजीको बढुवा सिफारिसप्रति प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । गृह मन्त्रालयले बुधबार गरेको सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्रको दवावमा भएको भन्दै असन्तुष्टि वढेको हो ।

बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सन्तुष्ट छैनन्। उनले यस विषयमा गृह मन्त्रालयमै असन्तुष्टि व्यक्त गरेको बताईन्छ । सोमबार मन्त्रालयले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन्। तर, पन्त र धानुकको नाममा विवादमा परेको छ। अब्बल डीआईजीहरु हुँदाहुँदै भागबण्डाको आधारमा शक्तिकेन्द्र निकटको सिफारिस गरिएको कतिपय प्रहरी अधिकृतहरु वताउँछन् ।

कार्य क्षमताको राम्रो अनुभव भएका प्रहरी अधिकृत मध्ये डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक, धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम सिफारिस हुनु पर्नेमा नेताको ढोका चाहार्नेहरुको नाम सिफारिस गरिएको छ। 

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । पन्त हालका आईजीपी थापासँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जानेछन् ।

वरियताका आधारमा डीआईजी घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी थिए । ति मध्ये पन्त सुदूपश्चिमका भएकाले बालुवाटारको कोटामा र धानुक माओवादी केन्द्रको कोटाबाट वढुवा सिफारिसमा परेको श्रोतको दावी छ। अर्थमन्त्री जनार्दन शर्माको साथ पाएपछि धानुकले एआईजी बढुवामा बाजी मारेको वताईन्छ।

कतिपयले भने एआईजी वढुवा सिफारिसमा सम्पुर्ण रुपमा प्रधानमन्त्री देउवाले खेला गरेको वताउँछन् । देउवाले प्रहरीमा वरीयता हेर्दैनन्, आफ्नो मान्छे हेर्छन्। त्यसमा पनि बढी भूगोल हेर्छन् भन्ने आरोप लाग्ने गरेको छ। उनको विगतले र हालै गरिएको एआईजी बढुवा सिफारिसले पनि त्यसलाई पुष्टि गरेको छ। बढुवा सिफारिस भएका धानुक र पन्त सुदूरपश्चिमका हुन् भने सिंह कर्णालीका हुन्।

शक्तिकेन्द्रको भागबण्डामा अटाएनन् सुवेदी
भागरथी बलात्कारपछि हत्या प्रकरणसहितका केही ठूला अपराध अनुसन्धानमा खेलेको भूमिकाका कारण प्रशंसा पाएका उत्तमराज सुवेदी प्रहरी प्रधान कार्यालयको रोजाइमा थिए । तर शक्तिकेन्द्रको भागबण्डामा नअटाएपछि उनी बढुवामा छुटे । 

चर्चित जनकपुर वमकाण्डका मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला) लाई पक्राउ गरेर उनले त्यस क्षेत्रको गुण्डाराज अन्त्य गरेका थिए । मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते साहको योजनामा बम विस्फोट गराईएको थियो। सो घट्नामा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो।

यतिमात्र होईन, एसपी हुँदा त उनी ‘उत्तम’ कम र ‘सिंघम सुवेदी’का नामले धेरै चिनिन्थे । सर्लाहीको प्रहरी प्रमुख हुँदा उनले अपराध नियन्त्रणमा खेलेको भुमिकाका कारण उनालई तराईका बासिन्दाले ‘सिंघम’ नाम उपहारमा दिएका थिए ।

यो पनि

उत्तमराज सुवेदी

विशेष