News

प्रकाश सपुतको गीतमा प्रचण्डको सनसनीपुर्ण प्रतिक्रिया

प्रकाश सपुतको गीतमा प्रचण्डको सनसनीपुर्ण प्रतिक्रिया

गायक प्रकाश सपुतले हालै सार्वजनिक गरेको गीत ‘पीर’ मा माओवादी जनयुद्ध र त्यसका नेतृत्वकर्ताहरु प्रति आलोचनात्मक दृष्यहरु प्रस्तुत गरिएको छ। नेतृत्व स्वार्थी भएको र उनीहरुलाई यो अवस्थामा पुर्याउने लडाकुको वेवास्ता गरिएको विषयलाई प्रष्ट्याउन विभिन्न विम्वात्मक दृष्यहरु प्रस्तुत गरिएको छ।

१६ मिनेट लामो गीतमा धेरै कुरा प्रस्तुत गरिएका छन्। माओवादी जयुद्ध, जनवादी विवाह, नेतृत्वलाई वचाउन लडाकुले ज्यानकै वाजी लगाएको, नेताहरु लडाकुलाई वेवास्ता गरेर भागेको, शान्ति सम्झौतापछि लडाकुले दुःख पाएको, विदेशीनु परेको र उतै विचल्लीमा परेकोलगायतका थुप्रै विषय समेटिएको छ। यो त माओवादी जनयुद्धसँग प्रत्यक्ष जोडिएका विषय भए, युद्धसँग नजोडिएका तर देशको अवस्था देखाउने अन्य विषय पनि श्रब्य दृष्यमा समेटिएको छ। जस्तै पुलमा माग्न वसेका वृद्ध, वर्डफ्लुका कारण ब्यापार ब्यवसायमा परेको असरलगायतका अन्य विषय पनि देखिन्छन्।

गीत सार्वजनिक भएपछि धेरैले ‘पीर’ले देशको अवस्थालाई प्रतिनिधित्व गरेका छन् भने माओवादीकातर्फबाट भने यसको विरोध भईरहेको छ। उनीहरुले माओवादी जनयुद्ध र त्यसपछिको अवस्थालाई ढाकछोप गर्न विम्वका रुपमा प्रस्तुत गरिएको ‘यौन ब्यवसाय’लाई समाएर सपुतलाई धम्की समेत दिएका छन् । 

माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गर्दै नहटाए जे पनि हुन सक्ने आसयमा चेतावनी दिएका छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रकाश सपुतले ल्याएको ‘पीर’ गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिएका छन्।

एउटा टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा उनले सपुतको गीतलाई ‘अतिरन्जित’ भन्दै माओवादीले जनयुद्धका कारण राम्रो मात्रै होईन, युगै परिवर्तन भएको दावी गरेका छन्। ‘अहिले मानिसहरुले प्रतिक्रियावादी कोणबाट या अवसरवादी कोणबाट यसलाई मिनिमाईज गर्न खोजिएको छ। प्रचण्ड माथि चौतर्फि घेरावन्दी र आक्रमण गर्न खोजिएको छ नी एउटा डिजाईनमा’ उनले भने–‘को–को डिजाईनका पात्र हुन, म अहिले त्यो त भन्न सक्दिन । तर, डिजाईन त चलिरहकै छ। यति ठुलो परिवर्तन जनयुद्धका कारणले ल्यायो, त्यसलाई तपाई आफनो ढंगले हेर्नु।’

उनले माओवादी आन्दोलन र त्यसको परिणामको वारेमा बादविवाद, समर्थन र विरोध भईरहने भन्दै त्यसलाई उत्तेजित भएर सोच्नु जरुरी नभएको वताए । ‘त्यो एउटा कोण हो, त्यसमा आलोचना पनि हुन सक्छ, समर्थन पनि हुन सक्छ। तर, यसलाई आवेगात्मक ढंगले जानु जरुरी छैन, भनेको हो’ उनले थपे–‘माओवादी जनयुद्ध नेपालको इतिहाँसमा पृथ्वीनाराण शाहको वेलापछिको यस्तो युद्ध हो, जनता नै सहभागि भएको युद्ध हो। जस्को असर सयौं वर्ष रहन्छ भन्ने छ मेरो। अहिले यसलाई मान्छेले मिनिमाईज गरेर जस्तो, यसको पक्ष र विपक्षमा मानिसहरु हामी नरहेपनि चर्चा भईराख्छ। विरोध पनि भैराख्छ, समर्थन पनि भैराख्छ।’

इतिहाँसको कालखण्डमा एउटा युगान्तकारी परिवर्तनको कारक माओवादी जनयुद्ध भएको भन्दै उनले सवै उत्पिडित जाती, वर्ग, समुदाय, क्षेत्र लिङ्ग सवैको आवाज जनयुद्ध नै भएको दावी गरे। सवैको राजनीतिक र चेतनाको जागरण ल्याउने आन्दोलन वा अभियान जनयुद्ध भएकाले त्यसको पक्ष र विपक्षमा तर्क वितर्क भई रहने उनको वुझाई छ।

माओवादी सिद्याउन लागेकाहरुमा प्रकाश थपियो
‘प्रकाश सपुतलाई प्रयोग गरेर माओवादी आन्दोलनलाई वदनाम वनाउन र चुनावमा माओवादीलाई पत्तासाफ वनाउन यो कुनै योजनामा वनेको जस्तो लाग्छ ?’ भन्ने प्रश्नमा उनले त्यसको वारेमा अहिलनै निस्कर्ष निकाल्न नसक्ने वताए ।

‘मैले पहिले त हेरेको छैन, त्यसकारण ठ्याक्कै भन्न गाह्रो छ। अव त्यसरी नै भयो भनेर अहिले म त्यो निस्कर्षमा पुग्न सक्दिन। तर, प्रवृत्ति त त्यो हुन सक्छ। माओवादीलाई कमजोर पार्न अहिले अन्तर्राष्ट्रिय–राष्ट्रिय सवै परम्परावादी, यथास्थितिवादी, धर्मभिरु जे–जे भन्नोस सवै त लागेकै छन् त्यसमा प्रकाश एउटा अर्को थपिनु कुन चै ठुलो कुरो भयो र ? त्यसैले त्यसलाई मैले ठुलो ठान्दिन।’ उनले भने।

‘जनताको जिवन शैलीको या हिजोका लडाकु, जस्ले तपाईलाई सुप्रिम कमाण्डर मात्र वनाएनन्। तपाईले भने जस्तै ज्यान कति जनाको गयो, त्यो अर्को महत्वपुर्ण पाटो छ। तर, मुलुकमा राजनीतिक परिवर्तन पनि भयो। बोल्न नसक्ने मान्छेहरु वोल्ने ठाउँमा, राज्य संचालनको तहमा कहिलै सहभागि हुन नपाएका मान्छेहरु त्यो ठाउँमा आउने काम पनि भयो। सकारात्मक कोण त छदैछ। त्यो ठाउँमा वसेर हेर्दा नेताका जिवनशैली चै यति परिवर्तन भए भन्न खोजिएको छ। त्यो त भएको हो नी होईन ?’ भन्ने प्रस्तोताको जिज्ञासामा उनले त्यो अतिरन्जित भएको र त्यस्तो नभएको दावी गरे।

‘त्यो पनि अतिरञ्जनापूर्ण भनाई हो। त्यस्तो पनि छोईन। म जनयुद्धको सुप्रिम कमाण्डर हो, शान्ति सम्झौताको हस्ताक्षरकर्ता हो। संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रको घोषणा अनि सवै उत्पीडित भन्नोस अव मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, पीछडिएको क्षेत्र। ती समुदायको समोवसी समानुपातिक प्रतिनिधित्व गराउने मुख्य नेतृत्वकर्ता पनि हुँ’ प्रचण्डले जनयुद्धको वचाउन गर्दै भने–‘तपाईले पनि भन्नु भयो नी, यो राम्रो पनि भयो। राम्रो मात्रै होईन, युगै परिवर्तन भयो भन्ने छ हाम्रो दावी। अहिले मानिसहरुले प्रतिक्रियावादी कोणबाट या अवसरवादी कोणबाट यसलाई मिनिमाईज गर्न खोजिएको छ। प्रचण्ड माथि चौतर्फि घेरावन्दी र आक्रमण गर्न खोजिएको छ नी एउटा डिजाईनमा । को को डिजाईनका पात्र हुन, म अहिले त्यो त भन्न सक्दिन । तर, डिजाईन त चलिरहकै छ। यति ठुलो परिवर्तन जनयुद्धका कारणले ल्यायो, त्यसलाई तपाई आफनो ढंगले हेर्नु। शान्ति सम्झौतामा आयो। शान्ति सम्झौता आफैमा एउटा यति सफल शान्ति सम्झौता भयो नेपालको, सक्सेसफुल स्टोरी भनेर दुनियाँले अहिले मान्छ यो। कस्ले गयो ?

‘तर, तपाईकै हिजोका सहकर्मीहरु मान्दैनन्’ भन्ने जिज्ञासामा उनले अव सवै आफनो लाईनमा आउने दावी गरे। ‘अव सहकर्मीहरु पनि मान्न थाल्याछन्। हेर्नु होला केही समयभित्र सवैले मान्छन्।’ उनले भने। 

प्रकाश सपुत पीर पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष