News

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष महाश्रम शर्माका अनुसार आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो । 
 

विशेष