News अर्थ

डिभोर्सी महिलाले दोस्रो विवाह गरे पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु पर्ने !

डिभोर्सी महिलाले दोस्रो विवाह गरे पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु पर्ने !

नेपाल कानून आयोगले सम्बन्धविच्छेद गरेकी महिलाले दोस्रो विवाह गरे पहिलो पतिबाट पाएको चल अचल सम्पत्ति फिर्ता गर्नु पर्ने ब्यवस्थासहितको कानुन वनाउन थालेको छ। प्रस्तावमा पूर्वपतिबाट पाएको सम्पत्ति खर्च गरिसकेको अवस्थामा फिर्ता गर्नु नपर्ने तर, त्यस्तो सम्पत्ति बेचेको भए पनि फिर्ता गर्नुपर्ने ब्यवस्था गरिएको छ।

एकल महिलाले विवाह गरेर जाँदा नयाँ श्रीमानबाट पनि अंश पाउने भएकाले पूर्वपतिबाट पाएको सम्पति फिर्ताका लागि विभिन्न ठाउँबाट सुझाव आएपछि यो ब्यवस्था गर्न लागिएको नेपाल कानुन आयोगका अध्यक्ष जागेश्वर सुवेदीले वताए ।

यो ब्यवस्था महिलाको अधिकार खोस्न नभई कानुनी प्रावधानको दुरुपयोग गर्ने गलत प्रवृत्ति रोक्नका लागि प्रश्ताव गरिएको उनको भनाई छ। सम्बन्धविच्छेदपछि बिहे गर्न चाहेमा महिलाले अंशवापदको चल अचल सम्पति छोराछोरी भएको अवस्थामा छोराछोरीलाई, नभए पूर्वपति वा पूर्वपतिका अंशियारलाई फिर्ता दिनुपर्ने व्यवस्थासहित प्रस्ताव गरिएको हो। 

‘सम्बन्धविच्छेदपछि एकल भएरै बसे भने उनीहरुले अंश फिर्ता गर्नु पर्दैन। कयौँ अवस्थामा सम्बन्धविच्छेद गरेर सम्पत्ति संकलन गर्दै जाने गरेको कुरा सुनियो। यस्तो अवस्थामा सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गर्न चाहेमा पहिलो लोग्नेबाट ल्याएको सम्पति फिर्ता गर्नुपर्ने प्रस्ताव गरेर सामान्य छलफल भईरहेको छ।’ उनले भने। 

यो प्रस्ताव प्रारम्भिक छलफलका क्रममा रहेकाले कानुन मन्त्रालय पुग्न भने समय लाग्ने सुवेदीले बताए। 
 

सम्बन्धविच्छेद नेपाल कानून आयोग

विशेष