News अर्थ कर्पोरेट रोजगार

दोहोरो खाता राखेर यसरी कर छली गर्छ एनसेल ! (श्रृंखला– १९)

दोहोरो खाता राखेर यसरी कर छली गर्छ एनसेल ! (श्रृंखला– १९)

दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाभ कर तिर्न नमानेको विषय केही समय अघि निकै चर्चामा रह्यो। तर, पछिल्लो समय त्यो विषय सेलाएको छ। एनसेलले इमान्दार भएर नियमित कर तिरिरहेकाले कम्पनी प्रतिको चर्चा सेलाएको भने होईन।

एनसेलले अहिले कर छलि गर्ने प्रकृया वदलेका कारण चर्चा कम भएको पाईएको छ। परापुर्व कालमा कतिपय ब्यापारीले प्रयोग गरेर एक्सपायर भईसकेको शैली अहिले एनसेलले प्रयोगमा ल्याईरहेको स्रोतको दावी छ। एनसेलले यथार्थ हिसाब भन्दा फरक हिसाब सरकारी निकायलाई बुझाउने गरेको पाईएको छ।

यथार्थ नाफा एक तरिकाले तोक्ने र कर कार्यालयमा नाफा अर्को तरिकाले तोक्ने गरेको सुचना वाहिरिएपछि अहिले यो विषयमा करदाता सेवा कार्यलय र श्रम कार्यलयले छानबिन समेत गरिरहेको स्रोतको दावी छ। 

दोहोरो खाता राखेर कर्मचारीको वोनस तथा राज्यलाई तिर्ने कर घटाउने अनि वास्तविक हिसाव अर्को खातामा राख्ने गरेको उजुरी पछि छानविन भईरहेको सम्वन्धित निकायको आन्तरिक श्रोतले जनाएको छ।

यस विषयमा एनसेल ब्यवस्थापन भने प्रतिक्रिया दिन चाहाँदैन।

यो पनि

एनसेल कर्मचारी आन्दोन

विशेष