News

किन आयो अमेरिकी एयर फोर्सको जहाज नेपालमा ?

किन आयो अमेरिकी एयर फोर्सको जहाज नेपालमा ?

अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर करिव साढे तीन घण्टापछि फर्किएको छ। उक्त जहाज प्रकरणलाई कतिपयले एमसीसीसँग जोडेर सामाजिक सञ्जालमा तरंग उत्पन्न गराएका छन् ।

उक्त जहाज काठमाण्डौं विमानस्थलमा अवतरण भएपछि सामाजिक सञ्जालमा विभिन्न चर्चाहरु भईरहेका छन् । विभिन्न फोटो तथा भिडिओ राखेर अमेरिकी जहाज किन आएको ? भन्दै चासो व्यक्त गरिरहेका छन्। नेपालमा एमसीसी अनुमोदन भए अमेरिकी सेना प्रवेश गर्ने भन्दै प्रचार गर्नेहरुले ‘देख्यौ ?’ भन्ने आशयमा प्रचार गरिरहेका छन् ।

विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको हो । र, यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर सेनाको जहाज आउने गरेको थियो। 

शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको अमेरिकी सेनाको जहाज पौने १२ बजे फर्किएको थियो। संसदले एमसीसी सम्झौता अनुमोदन गर्नु पुर्व पनि अमेरिकी सेनाप्रतिको चासो ब्यक्त भएका थिए । सम्झौता अनुमोदन गरेसँगै अमेरिकी सेना नेपाल प्रवेश गर्ने दाबी गरिएको थियो।

एमसीसी उपाध्यक्ष फातिमा जे सुमारको भ्रमणकै आसपासमा विभिन्न युट्युव च्यानलले ‘एमसीसी पारित नहुँदै १० हजार अमेरिकी सेना नेपाल आउने’ भन्दै सामग्रीहरु प्रश्तुत गरेको थियो। 

तर, अमेरिकी अधिकारीहरुले भने एमसीसी अनुदानमा सैन्य हिस्सा नरहेको बताउँदै आएका छन्। सन् २०१९ मा नेपालको भ्रमणमा आएका तत्कालीन अमेरिकी उपविदेशमन्त्री डेभिड जे रान्जले एमसीसीलाई इन्डो–प्यासिफिक रणनीतिको हिस्सा भनेका थिए। त्यसप्रति नेपालका कैयौँ दलहरूले प्रश्न गरेपछि अमेरिकाले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नभएको बताउँदै आएको छ।

एमसीसी अमेरिकी एयर फोर्स कार्गो जहाज

विशेष