News

झाँक्रीको दावीः अरुले ५ वर्षमा नगर्ने काम ३ महिनामा गरेको छु

झाँक्रीको दावीः अरुले ५ वर्षमा नगर्ने काम ३ महिनामा गरेको छु

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफु मन्त्री भएको तीन महिनामा पाँच वर्षमा अरुले गर्ने जति काम गरेको दावी गरेकी छिन् । केही दिनअघि एउटा टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा मन्त्री झाँक्रीले डकुमेन्टेसन हेर्ने हो भने धेरै काम गरेको दावी गरिन्।

‘एउटा कार्यकाल हुन्छ नी, जुन एउटा संसद निर्वाचन भएदेखि अर्को संसदको ५ वर्ष। त्यो तीन महिना मलाई काफी ५ वर्ष हिडेजस्तो लाग्यो’ उनले भनेकी छिन्–‘किन भने मैले फर्केर हेर्दा हामीले अहिले पनि डकुमेन्टेनमा हेर्नेहो भने यत्ति धेरै काम गर्यौ, यती धेरै रिफर्मका काम गरेका छौं। यस्तो रिफर्मका काम गर्दाखेरी गलत रवैया, गलत हथकण्डा अपनाएर रजगज गरिरहेका मान्छेहरुलाई त पच्दैन।’

‘तपाई सरकार वाहिर वस्दा नेताहरुलाई धेरै प्रश्न गर्नु हुन्थ्यो, प्रश्न गर्दा र काम गर्दा के फरक हुँदो रछ ?’ भन्ने प्रस्तोताको जिज्ञासामा उनले प्रश्न गर्नु चै गलत नभएको वताईन। ‘लोकतान्त्रिक समाजमा सचेत नागरिकको कर्तब्य हो की जहिले पनि राज्ययन्त्रलाई अथवा शासकिय मामलामा उनीहरुमाथि नागरिकको तर्फबाट प्रश्न गर्नुपर्छ। जसले गर्दा त्यो खवरदारीले राज्य ब्यवस्था वा सत्तालाई सहि बाटोमा हिडाउँछ भन्ने वुझाई हो’ उनले भनेकी छिन्–‘त्यस कारण प्रश्न गर्नु गलत कुरा होईन। र संगसँगै जो राजकिय मामलामा छन् र जवाफदेहीताको ठाउँमा छन् वहाँहरुले जवाफ होईन काम दिनुपर्छ र कामले जवाफ दिन्छ आफै।’

यी दुवै कुरा आफुले वुझेको र आफुले कामले जवाफ दिईरहेको उनको दावी छ। ‘दुईटै कुरामा म त्यसको सैद्धान्तिक अवधारणादेखि ब्यवहारिक हिसावलेसम्म पनि राम्रै त्यसको गहिराईमै वुझेको छु। र म हिजो प्रस्न गर्थे, आज मलाई धेरैले प्रश्न गर्नुहुन्छ, गर्न सक्नुहुन्छ र गर्नुपर्छ भन्ने मान्यता राख्ने भएर ति प्रश्नको जवाफ मैले चै सोसल मिडियामा लेखेर, मेन स्टिम मिडियामा लेखेर होईन मेरो कामले दिनुपर्छ भनेर म आफनो कामका प्रति दत्तचित्त भएर लाग्याछु। एकोहोरिएर लागेको छु र धेरै यस्ता कतिपय पुर्वाग्रहपूर्ण ढंगले गरिएका प्रश्न अथवा त्यस्ताका माथि फेरी जवाफ पनि दिदीन’ घुमाउरो पारामा आफनो वचाउन पनि गर्दै उनले भनिन्–‘जुन कुरा पुर्वाग्रह पुर्ण हो, जुन कुरा मेरो कार्यक्षेत्रलाई नवुझेर गरिएको हो, जुन कुरा मैले गर्न नमिल्ने ठाउँको हो, त्यस्का वारेमा गरिएका प्रश्नको खासै धेरै जवाफ दिईरहनु पनि परेन। किनभने कार्यक्षेत्र नभएपछि काम गर्न सकिदैन।’

आफनो दायित्व भित्रको काम आफुले दत्तचित्त भएर गरेको र त्यो कामबाट हिजोका दिनमा मन्त्रालयमा रजगज गरेकाहरु डराएको उनको जिकिर छ। ‘आफनो तत् तत् कार्यक्षेत्र, मेरो कार्यक्षेत्र कति हो भन्ने कुरा नेपालको संविधान अन्तर्गत वनेको नेपाल सरकार, मन्त्रीपरिषद, त्यसले निर्धारण गरेको कार्य विभाजन, नियमावलीले निर्दिश्ट गरेको ब्यवस्थाहरु। त्यसको अधिनमा रहेर मैले काम गर्नुपर्छ। मुलत प्रधानमन्त्रीप्रति जवाफदेही हुने मन्त्रीहरु र प्रधानमन्त्री संसदप्रति जवाफदेही हुँदै जनताप्रति जवाफदेही हुने ब्यवस्था भएको भएर मैले १०६ दिनमा १०० दिन लगभग आफनो कामको एकदम टाईट तालिका वनाएर काम गरें’ उनी भन्छिन्–‘र एक सय दिनमा मैले के प्रयास गरें, मैल राज्य यन्त्रलाई कसरी वुझे, काम कसरी हुन्छ र काम कसरी गर्नुपर्छ भनेर तिनटा क्याटागोरीमा मैले आफना कुराहरु गरे।’

त्यो तीनटा कुरा आफुले सय दिन पुरा गरेपछि सार्वजनिक गरेको पनि उनले वताईन। ‘पहिला राज्य यन्त्र कसरी चल्छ, अनि काम कसरी हुन्छ, र यो काम भईरहेको चिज ठिक हो वा होईन मेरो आफनो विश्लेषण गरेर कसरी जानुपर्छ भन्ने कुरा गरे’ उनले भनिन्–‘वुझनका लागि त म जत्तिका मान्छेका लागि दुई/चार दिनै काफी छ। त्यसका लागि मलाई त्यत्रो धेरै आनका–तान वुझनु पर्ने पनि होईन। जुन कुरा मैले गर्नु पर्ने होईन, त्यो कुरा वुझ्न जरुरी पनि छैन।’

आफुलाई नीतिगत कुरामा आफुले धेरै काम गरेको उनको दावी छ। ‘मलाई आवश्यक पर्ने कुरा मैले राजनीतिक डिसिजन गर्नुपर्ने, पोलिसीमा रिपास्ट्चर गर्नुपर्ने, स्टक्चरहरु केही चेन्ज गर्नु पर्ने। यस्ता कुराहरु छन। अधिकारको समुचित प्रयोग र वाँडफाड गर्नुपर्ने जे विषय छन्, ति विषयमा मलाई दुई÷चार दिनले पनि मलाई काफी पुगिनै हाल्यो’ उनले भनेकी छिन्–‘त्यसपछि मैले यहाँका समस्याहरुमा त थाहा पाउन गहिराईमा पुग्न त टाईम लाग्छ। जव समस्याहरुमा पनि मैले थाहा पाएँ, त्यसपछि समाधानका उपायहरु खोज्दै त्यसलाई कार्यान्वयन गर्दै पनि गए र एकहिसावले भन्ने हो भने कामहरु मैले भन्दा पनि मेरो मन्त्रालयमा हुने टिमले चै वहाँहरुले स्याटिस्फ्याक्सन जारी गर्नु हुन्छ÷हुन्न भन्ने कुरा त्यहाँबाट हेर्नुपर्छ।’

आफनो कार्यशैली, काम गर्ने तरिका र लिएका निर्णयहरुले मन्त्रालयले स्मुथली काम गर्न सकेको दावी गरेकी झाँक्रीले आफनो अहस्तछेपकारी नीतिले कर्मचारीले प्रभावकारी काम गर्न सकेर परिणाम पनि राम्रो आएको कामबाट देखिएको दावी गरिन्।

‘मैले १ सय दिनमा केही नीतिगत सुधार, केही ब्यवस्थापकिय सुधार, केही कार्यक्रमिक सुधार, केही नयाँ कुराको डिपास्चर गर्ने तयारी कुराहरु गरे र सय दिनमा मैले सार्वजनिक पनि गरे’ उनले भनिन्–‘अव मलाई यो पनि थाहा छ, मैले सय दिन, मेरो जवाफदेहिता त जहिले पनि छ। तर सयदिनसम्म म भन्दा ज्यादा अव दैन्यदिन मेरो जवाफदेहिता देखाउनुपर्छ। र पछिल्ला दिनहरुमा अलिकति कामहरु पनि रिजल्ट ओरियन्टेड कामहरुका लागि पनि म प्रयासहरु गरिरहेको छु।’

स्वभावैले सरकारी संयन्त्र भित्रका कुरा त्यसमाथि सहरी विकास मन्त्रालयका कुरा तत्कालै देखाउन नसकेकीने भन्दै उनले त्यसको रिजल्ट पछि देखिने वताईन। ‘यसका कामहरु देखाउने कुरा के हुन्छन भने शहरी विकास मन्त्रालय भनेको त एउटा वच्चा जन्मेर, हुर्केर वयस्क हुने जस्तो प्रकृया हो। लामो प्रकृया हो, आजको भोली मैले एउटा प्रोडक्टको हिसावले ‘ए यस्तो सहर वनाएँ’ भनेर भन्न सक्दिन’ उनले भनिन्–‘तर, मैले यहाँ कानुनमा, नीतिमा, प्रकृयामा सुधार ल्याए भने यसको फिल गरेर यसले दिने डिपास्चर, यसले दिने माइलस्टोन चै अर्कै हुन्छ। त्यै भएर मैले यो काम गरिरहेको छु।’

प्रतिपक्षले संसदमा वोल्न दिएन
आफुले गरेका कामको वारेमा मिडिया र सामाजिक सञ्जालमा भन्दा पनि संसदलाई जानकारी दिने हो भन्दै उनले त्यो अवसर प्रतिपक्षले नदिएको गुनासो गरिन्। ‘मैले मेरो कामका वारेमा संसदलाई जानकारी दिने हो। सय दिन पुगेपछि मैले केही त जानकारी दिनुपर्छ भनेर सोच वनाएँ। तर, संसद त चलेको छैन। प्रमुख प्रतिपक्षी दलले संसद चलाउन दिदैन, उ चाही संसदप्रति जवाफदेही छैन। त्यही कारणले त्यो पार्टीबाट हामीले विद्रोह गरेका थियौ।’ उनले भनिन्–‘किनभने उनीहरुलाई यी धेरै कुरा वाहिर आउँछन् भन्ने कुराको डर छ। पार्लियामेन्टमा मैले मेरो मन्त्रालयमा विगतमा के भएको थियो भनेर गएर वोलेभने अथेन्टिक कुरा हो। पार्लियामेन्टलाई मैले इन्डोर्स गरेको र त्यो के हुन्छ भने रेकर्ड रहन्छ। त्यही कारणले यी सप्पै कुरा आफ्ना कुरा सरकारले उनका विगतका कमजोरीका कुरा भन्देलान भन्ने डरले पार्लियामेन्ट पनि चल्न दिएका छैनन्। मैले मिडियामा पनि भन्न सक्छु। तर, मिडियामा भनेको कुरा नट क्रेडिबल, जति पार्लियामेन्टमा वोलिन्छ।’

संसदमा वोल्न नपाउने भएपछि मिडियालाई राखेर आफुले केही कुरा भनेको उनले वताईन। 

यो पनि

रामकुमारी झाँक्रीले पनि खाईन ‘पिर्के सलामी’ !

रामकुमारी झाँक्रीको मुख मात्रै, प्रभाव क्षेत्रमा प्रश्तावक–समर्थककै अभाव

रामकुमार झाँक्री

विशेष