News विदेश

रुसलाई ध्वस्त पार्न युक्रेनलाई यसरी हतियानर सप्लाई गर्दैछ अमेरिका

रुसलाई ध्वस्त पार्न युक्रेनलाई यसरी हतियानर सप्लाई गर्दैछ अमेरिका

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा भएको आक्रमणलाई ‘रुसी आक्रमण’ भन्दै निन्दा गरेपनि युद्धमा सहभागी हुन युक्रेनमा अमेरिकी सैनिक भने नपठाउने बताएका छन्। उनको यो घोषणापछि युक्रेनमा सैन्य सल्लाहकार र निरीक्षकका रूपमा कार्यरत अमेरिकी सैनिकलाई पनि फिर्ता बोलाईयो।

खासमा अमेरिकी राष्ट्रपति जो बाइडेन सैन्य अभियानमार्फत हस्तक्षेप गर्नेहरूमा गनिंदैनन्। उनले लिबियामा सैन्य हस्तक्षेपका लागि अफगानिस्तानमा सेनाको संख्या बढाउने बराक ओबामाको निर्णयको पनि विरोध गरेका थिए। 

यसपछि उनी राष्ट्रपति बनेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाए। सेना फिर्ताका कारण अफगानिस्तानमा अराजकता र मानवीय संकटको बाबजुद पनि उनले आफ्नो निर्णयको कडा प्रतिरक्षा गरे। 

अमेरिकी नागरिक पनि रूस युक्रेनमा विवादमा अमेरिका सामेल होस् भन्ने चाहँदैनन्। रुस–युक्रेन मामिलामा अमेरिकाको गैर–सैन्य हस्तक्षेपको सबैभन्दा ठूलो कारण पुटिनको आणविक हतियारको भण्डार हो। बाइडेन युक्रेनमा रूसी र अमेरिकी सेनाहरू बीच ‘विश्व युद्ध’ सुरु गर्ने जोखिम लिन चाहँदैनन्।

तर, उनले युक्रेनलाई हतियार सहयोग भने गरिरहेका छन् । बाइडेनले हालै युक्रेनलाई ८० करोड डलरको हतियार उपलब्ध गराउने घोषणा गरेका छन्। रुसले युक्रेनमाथि आक्रमण गरे यता पश्चिमा मुलुकहरुले किभलाई दिने सैन्य सहायतामा ह्वात्तै वृद्धि गरेका हुन्।

उनीहरुले उक्रेनमा घातक र शक्तिशाली हतियार पठाइरहेका छन्। ति देशहरुले युक्रेनलाई टर्कीमा वनेको ‘बाइरख्तार टीबी २ ड्रोन’ पठाएका छन। जसले ट्यांक र बख्तरबन्द सवारीलाई ध्वस्त बनाउन सक्छ। टर्कीले २०१९ देखि युक्रेनलाई यो ड्रोन बेच्न थालेको हो। करिव ५० वटा ड्राने युक्रेनले किनेको आकलन गरिएको छ।

यसैगरी, अमेरिकाले युक्रेनलाई १०० वटा कामिकाजे अर्थात् स्विचब्लेड ड्रोन दिएको छ। यो ड्रोन आफैँ निसानामा लागेर विस्फोट हुन्छ। यस्तो ड्रोनले ९ देखि ८० किलोमिटरसम्म प्रहार गर्न सक्छ।

यस्तै, अमेरिकाले ८ सय स्टिंगर क्षेप्यास्त्र पनि सहयोग गरेको छ। स्टिंगर क्षेप्यास्त्रलाई ‘म्यान पोर्टेबल एयर डिफेन्स सिस्टम’ अर्थात् ‘म्यानप्याड’ भनेर पनि चिनिन्छ। यसलाई काँधमा राखेर प्रहार गर्न सकिन्छ। 

यो क्षेप्यास्त्र प्रायः जमिनबाट विमान खसाउन प्रयोग हुन्छ। यस्तै २ हजार ‘ज्याभेलिन क्षेप्यास्त्र’ पनि युक्रेन पठाईएको छ। यो ट्यांक ध्वस्त पार्ने हतियार हो। काँधमा राखेर वा जमिनबाट प्रहार गरिने यो क्षेप्यास्त्रले अढाई किलोमिटरसम्म निसाना लगाउन सकिन्छ। 

अमेरिकाले युक्रेनलाई ६ हजार एटी ४ पोर्टेबल एन्टी ट्यांक हतियार दिने बताएको छ। स्वीडेनमा बनेको यो हतियारले ५ सय मिटरसम्म प्रहार गर्न सक्छ। जर्मनीले १ हजार, नर्वेले २ हजार र स्वीडेनले ५ हजार यस्तो हतियार युक्रेनलाई दिएका छन्।

‘नेक्स्ट जेनेरेसन लाइट एन्टी ट्यांक वेपन्स’ (एनएलएडब्ल्यू) भनिने यो हतियारको तौल मात्र १२.५ किलो र लम्बाइ एक मिटर हुन्छ। जसका कारण पैदल सैनिकका लागि यो हतियार प्रयोग गर्न निकै सहज मानिन्छ। यसले ८ सय मिटरसम्म प्रहार गर्न सक्छ। बेलायतले ३६ सय  र अमेरिकाले १ हजार यस्तो हतियार युक्रेनलाई दिने बाचा गरेका छन्। 

स्टारस्ट्रिक एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र छोटो दुरीका एन्टी एयरक्राफ्ट हतियारमध्ये सबैभन्दा तीव्र गतिको मानिन्छ। बेलायतमा बन्ने यो हतियार पनि युक्रेनलाई दिइने बताइएको छ। 

पोल्यान्डले मिग–२९ लडाकु विमान युक्रेनलाई दिने प्रस्ताव गरेको थियो। तर, अमेरिकाले त्यसलाई रोकिदियो। त्यसपछि अमेरिकाले ५ वटा मि–१७ हेलिकोप्टर युक्रेनलाई पठाएको छ। जुन सोभियतकालीन हेलिकोप्टर हो। 
–(द गार्डियनको सहयोगमा)

विशेष