News

अभियुक्त पक्राउ गर्न गएका प्रहरीलाई स्थानीयले लखेटे, सई घाईते

अभियुक्त पक्राउ गर्न गएका प्रहरीलाई स्थानीयले लखेटे, सई घाईते

सर्लाहीको लालवन्दीमा फरार अभियुक्तका आफन्त र स्थानीयवासीको समुहले प्रहरी माथि आक्रमण गरेको छ। बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा प्रहरीमाथि आक्रमण भएको हो ।

लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि सोही नगरपालिकाको वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीयले आक्रमण गरेका हुन । स्थानीयको आक्रमणमा पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादव घाईते भएका छन् ।

घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने समूह भने फरार भएको छ भने प्रहरी घटनास्थलबाट फिर्ता भएको सर्लाही प्रहरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए । 
फाईल फोटो।

विशेष