News राजनीति

ओलीको आरोपः गठबन्धनको खटपट मिलाउन मनोनयन दर्ता दुई दिन 

ओलीको आरोपः गठबन्धनको खटपट मिलाउन मनोनयन दर्ता दुई दिन 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ता गठवन्धनको झमेलाभित्र फसेको आरोप लगाएका छन् । ओलीले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा आपत्ति जनाउँदै आयोग विरुद्ध यस्तो आरोप लगाएका हुन ।

‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ ओलीले भने–‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ ।’

‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’ भन्दै ओलीले प्रश्न गरे। मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर पनि उनले प्रश्न गर्दै आएका छन्। आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वोल्दै उनले पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको बताए ।

‘अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे !’ उनले भने–‘कस्तो अचम्मको निर्वाचन आयोग देखा प¥यो ।’

दलहरुसँग परामर्श नगरी कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ कहिँ ?’
 

विशेष