News

क्रिप्टोकरेन्सी कारोबारमा नायिका प्रियंका कार्की !, सिआईबीले थाल्यो अनुसन्धान

क्रिप्टोकरेन्सी कारोबारमा नायिका प्रियंका कार्की !, सिआईबीले थाल्यो अनुसन्धान

क्रिप्टोकरेन्सी कारोबारको विज्ञापनमा तस्बिर राखेएपछि अभिनेत्री प्रियंका कार्की अनुसन्धानमा तानिएकी छिने । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले कार्कीमाथि छानबिन अघि बढाएको छ ।

नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका कार्कीमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ । सिआइबीले कार्कीलाई कार्यालयमै बोलाएर छानबिन शुरु गरेको हो । हाल उनको बयान लिने काम भइरहेको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए । 

यससम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नगर्न सचेत गराउँदै अन्यथा कानुनी कारबाही हुने चेतावनी दिँदै आएको छ । तर,क्रिप्टोको कारोबारी समातिने क्रम भने रोकिएको छैन ।

फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो।
 

विशेष