News

एमाले पस्ने तयारी गरेपछि माओवादीका प्रमुख सचेतक विष्ट निलम्बित

एमाले पस्ने तयारी गरेपछि माओवादीका प्रमुख सचेतक विष्ट निलम्बित

नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई कारवाही गरेको छ। विष्टलाई कारवाही स्वरुप दलको सदस्यबाट निलम्बन गरिएको हो ।

दलका नेता महेन्द्रबहादुर शाहीले आईतवार प्रेस नोट जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।

यसअघि नै पदबाट राजीनामा दिएको घोषणा गरेका एमाले पस्ने तयारीमा छन्। उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो 

तर त्यो निर्देशन अवज्ञा गरेको भन्दै उनलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

ठम्मरबहादुर विष्ट

विशेष