News

पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल

पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ। नावालिका गायीकाका पिताले दिएको उजुरी परेपछि शाह २१ दिनदेखि तनहुँ प्रहरीको हिरासतमा छन्।

प्रहरीले अनुसन्धान पूरा गरेर सोमवार रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ। नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै नावाकिलाका पिताले फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएका थिए। शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए। 

शाह प्रहरीको सम्पर्कमा पुगेकै दिन पीडित नाबालिकाका पिताले नवलपुरमा प्रहरीमा पनि बलात्कारको उजुरी दिएकी थिइन्। नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको हो। सरकारी वकिल कार्यालयल नवलपुरले शाह विरुद्ध १५ वर्ष, आठ महिना, ४ दिनकी नाबालिगलाई बलात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दावी गर्दै मुद्दा दायर गरेको थियो।

आरोपित शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) मा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।
 
 

पल शाह

विशेष