News

एसएसपीको वर्दी खोलेर मेयरको तयारी, १३ महिना वाँकी हुँदा जागिरबाट राजिनामा

एसएसपीको वर्दी खोलेर मेयरको तयारी, १३ महिना वाँकी हुँदा जागिरबाट राजिनामा

नगरपालिकाको मेयर वन्न नेपाल प्रहरीका एसएसपी गोविन्द साहले जागिरबाट राजिनामा दिएका छन् । आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय चुनामा धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन उनले जागिर छोडेका हुन।

एसएसपी साहले दिएको राजीनमा फागुन १० गते स्वीकृत भएको छ। उनी अहिले नगरपालिकामै रहेर चुनावको तयारी गरिरहेका छन्। उनले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिने तयारी भएको बताए। 

२०४९ चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका शाह २९ वर्ष सेवा गर्दै एसएसपीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेका हुन्। उनका इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आफनो भने डीआईजीमा पनि बढुवा हुने सम्भावना नदेखिएपछि जागिर अवधि १३ महिना बाँकी रहँदै राजिनामा दिएर राजनीतिमा लागेको उनले वताएका छन् । 

एसएसपी गोविन्द साह

विशेष