News

मोडर्ना खोप लगाएपछि दर्जन वढि विद्यार्थी विरामी, ४ जना सिकिस्त

मोडर्ना खोप लगाएपछि दर्जन वढि विद्यार्थी विरामी, ४ जना सिकिस्त

धनुषाको धनुषाधाम नगरपालिका–७ को एक विद्यालयमा कोभिड १९ संक्रमण विरुद्धको मोडर्ना खोप लगाएपछि एक दर्जनभन्दा वढि विद्यार्थी विरामी भएका छन्। विरामी मध्ये ४ जनाको अवस्था गम्भिर छ।

आइतबार धनुषाधाम नगरपालिका वडा नं. ८ स्थित हेल्थपोस्टका स्वास्थ्यकर्मीले मेरी गोल्ड सेकेण्ड्री बोर्डिंङ स्कुलका विद्यार्थीहरुलाई मोडर्ना खोप लगाएका थिए । ति मध्ये १४ जना विद्यार्थी सिकिस्त भएका छन् । 

बिरामीमध्ये ४ जना विद्यार्थीको स्थानीय स्तरमै उपचार गरी घर फर्काइएको छ भने अन्य १० जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको विद्यालयका शिक्षक इन्द्रदीप साहले बताए ।

विद्यालय आएर कक्षा ६ भन्दा माथिका करिब ३ सय विद्यार्थीलाई विद्यालयमै खोप लगाइएको थियो । १४ जना विद्यार्थीमा अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस हुनेजस्ता लक्षण देखिका छन्।

आईतवार देखिनै उनीहरुलाई स्वाथ्य समस्या देखिएपनि सोमवार भने उनीहरु विद्यालयमै वेहोस भएका थिए । उनीहरु मध्ये ४ जनालाई स्थानीय स्वास्थ्य चौकी र बाँकी १० जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

विद्यार्थी खोपकै कारण बिरामी भएको भन्ने एकिन छैन। प्रादेशिक अस्पतालका चिकित्सकहरुले भने त्रासका कारण मास हिस्टेयरिया सम्भावना देखिएको वताएका छन् ।

मोडर्ना खोप

विशेष