News

आमाको हत्या गर्न १ लाख सुपारी, मृत शरीरमाथि बलात्कार प्रयास !

आमाको हत्या गर्न १ लाख सुपारी, मृत शरीरमाथि बलात्कार प्रयास !

पोखरामा आफनै आमाको हत्यापछि मृत शरीरलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्या गरेको र बलात्कारको प्रयास गरेको आरोपमा उनका छोरा ३६ वर्षका ओमबहादुर र साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेका हुन ।

नौमाया ४ चैतको विहान आफ्नै कोठामा मृत भेटिएकी थिइन् । आमाको हत्यापछि प्रहरीलाई ओमवहादुर आफैले खबर गरेका थिए । प्रहरीका अनुसार ओमवहादुर नौमायाँका जेठा छोरा हुन । उनले जग्गा वेच्न नदिएको झोंकमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कास्कीको मादी गाउँपालिका–१० का स्थायी वासिन्दा नेपाली हाल पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्छन् । रोजगारीका लागि दुबई गएका ओम गत वर्ष नै घर फर्किएका हुन । दुवईमा वेटर काम गर्ने नेपालीले बर्मेली नागरिकसँग सन २०१४ मा विवाह गरेका थिए।  उनकी श्रीमतीले उनलाई छाडिसकेकी थिइन् ।

वैदेशिक रोजगारीमा राम्रो कमाई गर्न नसकेपछि उनी नेपाल फर्किए। त्यसपछि उनी कुलतमा लागेर दैनिक रक्सी खान थालेको पाईएको छ। कुलतका कारण पैसा अभाव हुन थालेपछि उनले पोखरामा रहेको जग्गा बेच्ने प्रयास गरे । तर, आमाले वेच्न नदिएपछि उनकै हत्या गरेर जग्गा आफनो नाममा पार्ने कुत्सित मनसायले साथी कुमारलाई प्रस्ताव राखे।

एक लाख दिने कवोल गरेपछि गुरुङ पनि राजी भए । चैत ३ गते राति दुवै जनाले रक्सि खाए। त्यसपछि रातको साढे १० बजे गुरुङ भित्र गएर निदाई रहेकी नौमायाँको घाँटी थिचेर हत्या गरेको पाईएको छ।

हत्या गरेपछि गुरुङले जबरजस्ती करणी प्रयास समेत गरेको प्रहरीले जनाएको छ। त्यस विषयमा थप अनुसन्धान भइरहेको छ। आमाको हत्यापछि नेपाली आफैले आमाको हत्या भएको भन्दै प्रहरीमा खवर गरे। तर, उनले आफू नभएको बेलामा आमाको हत्या भएको भनि प्रहरीलाई ढाँटे।

प्रहरीले नौमायाको घाँटीमा थिचेको डाम, अनुहारमा चोट देख्यो। घट्नाको समयमा काठमाडौंमा रहेका नौमायाका ३२ वर्षीय छोरा टेकबहादुरले फर्किएर जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गर्दा दुवै जना पक्राउ परे। उनीहरुले हत्या स्विकार गरेको प्रहरीलेजनाएको छ।

नेपाली र गुरुङ दुवैमाथि फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका एसपी रमेश थापाले वताए । 

विशेष