News

युवा परिषद वझाङ अध्यक्षमा सिहं चयन

युवा परिषद वझाङ अध्यक्षमा सिहं चयन

सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको मन्त्रिस्तरिय बैठकले युवा परिषद बझाङ अध्यक्षमा देविजङ बहादुर सिहंलाई चयन गरेको छ । प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको युवा परिषद बझाङ जिल्ला अध्यक्षका लागि सिहं चयन भएका हुन् । 

बझाङ जिल्ला अध्यक्षमा सिफारिस भएका सिहं नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला अध्यक्ष हुन् । नेता सिंहले तत्तकालिन प्रधानमन्त्रि केपी ओलीको असंवैधानिक संसद विघटनको समयमा विद्यार्थी आन्दोलनलाई कुशल नेतृत्व गरेका थिए । नेता सिंह राष्ट्रिय तथा स्थानिय राजनितिक मुद्धामा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै आएकाछन् । 

विद्यार्थी तथा पार्टीपंक्तिमाझ विश्वासिला पात्र मानिन्छन् । कम बोल्ने तर नबोलेरै बोल्ड निर्णय गर्ने नेतासिहंंको स्वभाव रहेको उनि निकट व्यक्तिहरु बताउँछन् । बोल्ने भन्दापनि काम गर्ने र आज्ञाकारी स्वभाव भएकाले नै अग्रज नेताहरुले सिंहलाई विश्वास पात्रको रुपमा लिने गरेको एक जना जिल्लास्तरिय माओवादी नेताले बताए ।

लामो समयदेखि पदाधिकारी विहिन भएको युवा परिषद बझाङमा सिहं चयन भएपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना ज्ञापन गरेकाछन् । युवाहरुको वृत्ति विकासका लागि काम गर्ने उदेश्य वोकेको युवा परिषद अध्यक्षमा सिहं चयन हुनुलाई आशातित रुपमा हेरिएको छ । 

युवा परिषद वझाङ अध्यक्ष देविजङ बहादुर सिहं

विशेष