News

सुदूरपश्चिम सम्पर्क समन्वय समितिद्धारा स्थानीय चुनावबारे छलफल

सुदूरपश्चिम सम्पर्क समन्वय समितिद्धारा स्थानीय चुनावबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चम सम्पर्क समन्वय समितिको पुर्ण बैठक सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय सुदुरपश्चिम प्रदेश समितिको बैठकले आठौं माहाधिबेसन बाट पारित एजेन्डा, एमसीसी को १२ बुदे ब्याख्यात्मक घोषणा पत्र र स्थानीय निकायको निर्वाचन लगायत विषयमा प्रशिक्षण विषयमा छलफल भएको छ ।

बैठकमा सुदूरपश्चिमका नौँ ओटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

ए वान पार्टी प्यालेस शंखमुलमा सम्पन्न उक्त बैटकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय बिशेष प्रदेश समिति इन्चार्ज कमरेड डिलाराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, सम्पर्क समन्वय बिशेष प्रदेश समिति अध्यक्ष कमरेड श्रीकृष्ण अधिकारी ९बिबेक० को बिशेष अतिथि संयोजक कमरेड मोहन देव बिष्ट (बिकास) को अध्यक्षतामा सम्पन्न भएको हो ।

वर्तमान परिस्थतिमा कसरी अगाडि बढ्ने, एमसीसीले पारेको भ्रामक मानसिकतालाई कसरी समाधान गर्ने भन्ने विषयमा बैठक केन्द्रित रह्यो । बैठकमा बिभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने नेताहरुले आ(आफ्नो प्रगति विवरण समेत पेस गरेका छन् ।

विशेष