News विदेश

सिया विरोधी नीतिहरुले नरसंहार निम्त्यायो

सिया विरोधी नीतिहरुले नरसंहार निम्त्यायो

 

इस्लामावाद । पाकिस्तानी पत्रकार ताहा सिद्दिकीले शुक्रबार पेशावरमा भएको आत्मघाती विस्फोटको निन्दा गर्दै सिया विरोधी नीतिहरुले नरसंहार निम्त्याएको बताएका छन्। उनले स्थानीय मिडियाहरु धार्मिक पहिचानमा मौन रहेको र उक्त विस्फोटमा ५० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्। 
पाकिस्तानको पेशावरमा सिया समुदायका दर्जनौं मानिसलाई साम्प्रदायिक हिंसाको निशाना बनाइएको छ। तर, पाकिस्तानमा शियाहरुको उत्पीडन कुनै नौलो घटना नभएको बताएका छन्। हालैका वर्षहरूमा पाकिस्तानले आफ्नो सिया जनसंख्याको आक्रमण र गिरफ्तारीमा अभूतपूर्व वृद्धि देखिएको र जनसंख्याको १५ देखि २० प्रतिशत ओगटेको जनाइएको छ। 
'पेशावरमा बम आक्रमण भएको मस्जिद सिया मस्जिद थियो। तर स्थानीय मिडियाहरु भने धार्मिक पहिचानमा मौन रहेको र यसले पाकिस्तानमा सियाहरूलाई किन मारिन्छ र कसरी पाकिस्तानी सेनाको सिया विरोधी नीतिहरूले देशमा नरसंहार निम्त्याएको छ भनेर खुलासा गरेको छ,' सिद्दीकीले ट्वीट गरे।
सिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको ज्यान गएको थियो भने १९४ जना घाइते भएका थिए। सहरका अधिकारीहरूले घटनालाई आत्मघाती हमलाको संज्ञा दिँदै घटनामा दुई आक्रमणकारी संलग्‍न रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानी सहर पेशावरमा भएको आत्मघाती विष्फोटको निन्दा गर्दै 'प्रार्थना स्थलहरुलाई निशाना नभइ आश्रयस्थल हुनुपर्ने' बताएका छन्। 
'पाकिस्तानको पेशावरस्थित मस्जिदमा शुक्रबारको नमाजको समयमा भएको भयानक आक्रमणको म निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेप्रति मेरो संवेदना र पाकिस्तानका जनतासँग मेरो ऐक्यबद्धता छ,' संयुक्त राष्ट्रसंघका प्रमुखले ट्वीट गर्दै भने। पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रबार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ, जुन यसले शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो।
पेशावर विष्फोटको निन्दा गर्दै एचआरसीपीले आक्रमण स्पष्ट रूपमा सिया उपासकहरूलाई लक्षित गरिएको बताइएको छ। 

विशेष