News विदेश

चीनमा १२३ यात्रु बोकेको जहाज दुर्घटना, आगो वलेको भिडियो सार्वजनिक

चीनमा १२३ यात्रु बोकेको जहाज दुर्घटना, आगो वलेको भिडियो सार्वजनिक

चीनमा सोमबार १२३ जना यात्रु बोकेको हवाई जहाज दुर्घटनामा परेको छ। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटना भएको जनाईएको छ।

जहाज एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पहाडको जंगलमा आगो लागेको भिडिओ चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले इन्टरनेटमा राखेका छन्।

चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा ९ जना चालक दलका सदस्य र १२३ जना यात्रु रहेको जनाएको छ।  ग्लोबल टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।

दुर्घटनापछि घटनास्थलमा अहिले स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ । चाइना इस्टर्न एयरलाइन्स कम्पनीको उक्त जहाज २०१५ को जुनदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । उक्त जहाजमा १२ बिजनेस क्लासका सिटसहित १६२ सिट रहेका थिए । 

विशेष